७ वैशाख २०८१ शुक्रबार
समाज

लुक्ला विमान दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत(अपडेट)

सोलुखुम्बु - लुक्लामा उड्न लागेकाे विमान दुर्घटना भएको छ। समिट एयरको नाइन एन–ए एम एच कलसाइन विमान तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आइतबार बिहान दुर्घटना भएको हो। लुक्लाबाट रामेछापाकाे लागि उड्न लागेकाे विमान दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ।

चार जनामध्ये तीन जनाकाे सनाखत भएकाे छ। लुक्ला विमानस्थलका अनुसार जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको सनाखत भएकाे हाे। त्यस्तै उपचारकाे क्रममा विमानस्थलका प्रहरी सहायक निरीक्षक रूद्रबहादुर श्रेष्ठकाे पनि ज्यान गएकाे छ।

समिट एअरको विमान लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए। उनका अनुसार घटना आज बिहान साढे ९ बजेतिर भएको हो। त्यस्तै सोही दुर्घटना स्थल नजिक रहेको श्रीएयरको हेलिकोप्टरमा पनि क्षति पुगेको उनले बताए।

दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एक एयर हाेस्टेज घाइते छन्। क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

प्रकाशित: १ वैशाख २०७६ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App