बाइरोडको बाटोमा

वैशाखका बेला

आइतबार, ०१ बैशाख २०७६, १० : ४३ गुणराज लुइँटेल  | @gunaraj

२०७५ साल हामीबाट बिदा भएको छ। आजैबाट नयाँ वर्ष २०७६ लाई स्वागत गर्दैछौँ। धेरे अर्थमा यो वर्ष हाम्रा निम्ति महत्वपूर्ण रह्यो। २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना आन्दोलनको सफलतासँगै मुलुक प्रजातान्त्रिक बाटोमा हिँडेको यो सालबाट ३०औँ वर्षमा प्रवेश गरेको छ।

प्रजातान्त्रिक आन्दोलनका हिसाबले बितेका ३० वर्ष हाम्रा निम्ति निकै आरोहअवरोहयुक्त भए। यी वर्षमा पनि प्रजातन्त्र प्राप्ति, गुमाइ र पुनप्र्राप्तिका हिसाबले स्मरणीय छन्। मुलुकको जीवनमा पनि तीन दशक भनेको कम्ती होइन। यो ३० वर्ष पञ्चायती शासन अन्त्य भएको अवधि पनि हो। त्यसभन्दा अघिको ३० वर्ष यो मुलुकले आफूलाई पञ्चायती शासन व्यवस्थामा हिँडायो। पञ्चायत र प्रजातन्त्रका तीन÷तीन दशकको अर्थ ६० वर्ष हो। जसले यो मुलुकमा ६० वर्षको शासन व्यवस्था हेरेका छन्, तिनले आफ्नो जीवनस्तरमा आएको परिवर्तन पनि तुलना गरेका छन्।


हिजोका दरबारमा आज क्रान्तिकारीहरूको बास छ। दरबारकै जस्तो रासबासको व्यवस्था भइरहेको छ। दरबारै रहेका ठाउँमा सम्पत्ति जोड्ने रहर पनि पलाएको छ।

६० वर्षको शासन व्यवस्था हेर्ने व्यक्तिका अहिले चौथो पुस्ता भइसकेका छन्। आफ्ना बाबुआमा, आफू, आफ्ना छोराछोरी र नातिनातिनाको जीवनमा आएको परिवर्तन हेर्न यी वर्ष पर्याप्त छन्। हामी आफैँलाई पनि विगतप्रति घोत्लिन र आगतको परिकल्पना गर्न मन लाग्छ।

पञ्चायतको अन्तिम समय आइरहेका बेला यो पंक्तिकार विद्यार्थी जीवनबाट व्यावसायिक जीवनमा प्रवेश गर्दै थियो। २०४६ सालको जनआन्दोलनका बेला ‘आयो... आयो’ भनी प्रजातन्त्रलाई आह्वान गरिरहेका ती तुमुल ध्वनि अहिले पनि मानसपटलमा छन्। कफ्र्युको वेवास्ता गर्दै घरका छानाछानाबाट ‘आयो, आयो’ भनिएको शासन व्यवस्था नभन्दै वास्तविकता बन्न पुग्यो।

परिवर्तनका ती सिँदुरे समयले हामीमा थुप्रै आशा भरेको हो। एउटा अन्धकार समय जहाँ भित्ताका पनि कान हुन्छन् भनिन्थ्यो, त्यहाँबाट हामी अगाडि बढेका हौँ। अब मुलुकमा हाम्रा स्वतन्त्रतालाई कसैले कुण्ठित गर्दैन भन्ने लागेको हो। परिवर्तनको बर्को ओढेका नयाँ मानिसहरू शासनमा प्रवेश गरेपछि यस्तो लाग्थ्यो ती त्यागका प्रतिमूर्ति हुन्। तिनले देश र जनताबाहेक के पो सोच्लान् र भन्ने लाग्थ्यो।

समय अनवरत अघि बढ्दै गयो– ‘म समय हुँ’ को शैलीमा। हाम्रा निम्ति पलपल अघि बढ्दै गए। हिजोजस्तो लाग्छ– २०४६ सालको परिवर्तनको पनि यत्तिका लामो समय बितिसकेको छ। तर समयसँगै धेरै आदर्शको रङ खुइलिइएको छ। हाम्रा निम्ति बसिदिएको जेल र त्यागको हिसाब आज मुलुकले चुक्ता गरिरहेको छ।

यिनै मानिसलाई हामीले हिजो पनि देखेका हौँ। ती कति विनम्र थिए? तिनमा कति धेरै सपना थिए? ती जस्तै  प्रलोभनमा पनि पर्नेवाला थिएनन्। ती जनतासँग ‘सित्तैमा सियो र धागो पनि लिनु हुँदैन’ भन्थे। तिनमा संसारलाई परिवर्तन गर्छु भन्ने अदम्य उत्साह थियो। कवि आभासका शब्द सापटी लिएर भन्नुपर्ने हुन्छ– ‘संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ।’ चैत–वैशाख परिवर्तनको समय पनि हो। हाम्रो पात्रो परिवर्तन हुन्छ। यही बेला प्रकृतिले पनि नयाँ रङ हाल्छ। राजनीतिक परिवर्तन पनि प्रायः यही समयमा भएका छन्। जनआन्दोलन २०६२/०६३ मा पनि यही बेला परिवर्तनका पदचाप सुनिए। राजनीति फेरियो। २०४६ पछि परिवर्तित सत्ता केन्द्रकै पात्रहरूका वरिपरि अहिलेसम्म समय घुमिरहेको छ।

कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सहाना प्रधान, मनमोहन अधिकारीजस्ता त्यस बेला हामीले देखेका नेता यतिबेला झन्डै बिर्सिएकोजस्तो भइसकेका छन्। २०४६ साल हाराहारीमा जन्मेका नेपाली यतिबेला ३० को दशकमा हिँड्दै छन्। त्यस बेलाका नेताहरूले के–कसो गरे भन्ने कुरा नयाँ पुस्तालाई के थाहा ?

हाम्रा निम्ति २००७ सालको पुस्ताले सुनाउने स्मृतिजस्तै बन्न पुगिसकेको छ– २०४६ साल। र, हिजो कसले कति जेल बस्यो वा संघर्ष ग-यो भन्ने कुरा २०४६ पछिको पुस्तालाई कुनै मतलबको विषय पनि होइन। भित्ताका कान हुने समयमा हुर्केका हामी केही नबोलौँला तर सामाजिक सञ्जालको युगमा युवा भएका व्यक्तिहरूका निम्ति त्यस्तो अवरोधको कल्पना पनि हुन सक्दैन। त्यही भएर म यति वर्ष जेल बसेँ वा मैले हिजो यति धेरै संघर्ष गरेँ भन्ने इतिहास वाचनको कुनै अर्थ नहुने रहेछ। अहिले बाँचिरहेका मानिसको जीवनमा आएको तात्विक परिवर्तनले मात्र हिजोको संघर्षको सार्थकता हुन्छ। हामीले हेर्दाहेर्दै ती आदर्शका प्रतिमूर्तिहरू आफैँ परिवर्तित भई हिजोकै शासकजस्ता बन्न पुगेको देखिँदैछ।

एकैछिन पछि फर्केर हेरौँ– आज सत्ताशीर्ष नेताहरू ३० वर्षअघि कस्ता थिए? नेपाली कांग्रेसदेखि नेकपासम्म अहिलेका नेता चार वा पाँच दशकको हाराहारीमा थिए। अहिले उनीहरू सबै छ वा सात दशकमा हिँड्दै छन्। तिनको त्यो समयको लोकप्रियता आजसँग तुलना गरी हेरौँ। उनीहरू शक्तिशाली भएका छन्। तर, आम मानिसको जीवन र कल्पनाबाट टाढिँदै गएका छन्।

हिजो राजाले यसरी खान्छन् रे भन्ने सुनिन्थ्यो। रानीलाई चैतमा पनि काँक्रो खान मन लाग्दा हेलिकोप्टर उडाए रे भन्थे। पम्फादेवीजस्ता अनेकन् पात्र सिर्जना भएका थिए। नयाँ मानिसका कल्पनामा यी छैनन्। आज फेरि नयाँ ढंगले मानिसले कल्पना गर्न थालेका छन्। पारदर्शी व्यवस्था भए पनि अपारदर्शी व्यवहार छन्।


पछि फर्केर हेरौँ– आज सत्ताशीर्ष नेताहरू ३० वर्षअघि कस्ता थिए? नेपाली कांग्रेसदेखि नेकपासम्म। अहिलेका नेता चार वा पाँच दशकको हाराहारीमा थिए। तिनको त्यो समयको लोकप्रियता आजसँग तुलना गरी हेरौँ। उनीहरू शक्तिशाली त भएका छन्  तर आम मानिसको जीवन र कल्पनाबाट टाढिँदै गएका छन्।

हिजोका दरबारमा आज क्रान्तिकारीहरूको बास छ। दरबारकै जस्तो रासवासको व्यवस्था भइरहेको छ। दरबारै रहेका ठाउँमा सम्पत्ति जोड्ने रहर पनि पलाएको छ। हिजोका ती आदर्श पात्र आज परिवर्तित भई जर्ज अर्बेलको ‘पशुतन्त्र’मा पुगेका छन्। ‘सबै बराबर हुन् तर केही अरूभन्दा बढ्ता बराबर हुन्’कै शैलीमा पात्रहरूको प्रवेश भइसकेको छ। जनताजति अरबमा छन्। हाम्रा पात्रहरूको खान्की खर्बमा पुगेको छ। केही अघिसम्म हामी लाखमा भ्रष्टाचारको हिसाब गर्दै थियौँ। खान्की एकाएक बढेको छ। अब लाखमा हिसाब हुँदैन। महालेखा परीक्षकले बर्सेनि सार्वजनिक गर्ने प्रतिवेदन यसका साक्षी छन्। यो वर्षको बेरुजुमात्र ६ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ।

पञ्चायतमा काण्डैकाण्ड हुने गरेका थिए। अपारदर्शी शासनका बेला पनि ती सार्वजनिक भइरहन्थे। अहिले पारदर्शी समय हो। कुनै न कुनै रूपमा त्यो सार्वजनिक हुन्छ। तैपनि समयलाई रोक्ने प्रयास भइरहन्छ। मन्त्रिपरिषद्को निर्णयसमेत समयमा नपाइने अवस्था छ। कसैले कसेर समय चेतना कमजोर हुँदैन। नयाँ वर्षका दिन कामको समीक्षा गर्दै आगामी कार्ययोजना बनाउने समय हो। राजनीतिक परिवर्तनका हिसाबले हाम्रो मुलुकले अपेक्षित उपलब्धि हासिल गरेको छ। राजनीतिक परिवर्तनका काम पूरा गरी आर्थिक विकासको अभियानमा लाग्ने चर्चा यतिबेला भइरहेको छ।

यतिबेला समृद्धि व्यापक चर्चाको शब्द बनेको छ। हामी ३० को दशकमा ‘विकासको मूल फुटाआँं’ भन्ने तत्कालीन राजा वीरेन्द्रको नारा सुन्दै हुर्केका हौँ। सिक्कामा यही शब्द कुँदिएको थियो। हामी आश्चर्यमा पथ्यौँं विकासको मूल कसरी फुट्ला भनेर। असार–साउनमा पानी पर्दा मूल फुटेको देखियो तर विकासको मूल फुटेको ती वर्षमा देखिएन। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को मूल फुटेको छ। सबैले भाषण गर्दा यसलाई उल्लेख गर्ने गरेको सुनिन्छ। हुँदाहुँदा विदेशी राजदूतहरूले समेत यसलाई नेपाली नेता खुसी पार्ने सूत्रका रूपमा आफ्ना भाषणमा प्रयोग गर्न थालिसकेका छन्। आशा गरौँ– समृद्धि हेर्न अर्काे ३० वर्ष कुर्न नपरोस्। 

विकासविरोधी कोही छैन। देश समृद्ध भए त्यसको लाभ सबैलाई प्राप्त हुन्छ। तर, समय घर्किइरहेको छ। पोहोर रारा किनाराबाट नयाँ वर्षको विकास आह्वान भएको हो। एक वर्ष थाहै नपाई बितिसकेको छ। प्रजातन्त्रपछिका ३० वर्ष त यत्तिकै बिते भने बाँकी समय जान बेर लाग्दैन। अतः समयको ख्याल गर्दै लोकतन्त्र बलियो बनाई समृद्धिको बाटोमा लाग्न नयाँ वर्षले सबैलाई प्रेरणा देओस्, शुभकामना २०७६ सालको।





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad