coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लुक्ला विमान दुर्घटना : काे-पाइलटसहित तीन जनाकाे मृत्यु (अपडेट)

सोलुखुम्बु - सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर, समिट एअरको जहाज आपसमा ठोक्किँदा २ जनाकाे घटनास्थल र एक जनाकाे उपचारकाे क्रममा ज्यान गएको छ।

घटनामा जहाजका पाइलट गम्भीर घाइते भएका छन्। उनको परिचय खुल्न बाँकी छ। त्यस्तै जहाजका को पाइलट (नाम पहिचान बाँकी) को निधन भएको छ।त्यस्तै विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई असईको पनि ज्यान गएको छ

समिट एअरको हेलिकोप्टरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए। उनक आनुसार घटना आज बिहान साढे ९ बजेतिर भएको हो। त्यस्तै सोही दुर्घटना स्थल नजिक रहेको श्रीएयरको हेलिकोप्टरमा पनि क्षति पुगेको उनले बताए।

यसैबीच जहाजका कोपाइलटको शव त्यसठाउँबाट झिकिसकिएको छ। हेलिकप्प्टरमा भने पाइलटबाहेक अन्य यात्रु नभएका प्रारम्भिक जानकारी आएको छ।

प्रकाशित: १ वैशाख २०७६ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App