coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सरू ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’

काठमाडौं – भक्तपुरकी सरु जोशीले राजधानीमा बुधबार साँझ सम्पन्न ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९’ नामक सौन्दर्य प्रतियोगिताको उपाधि जितेकी छन् । उनले आफ्ना २४ प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो संस्करणको उपाधि जितेकी हुन् ।

प्रतियोगितामा ‘मस्ट स्मार्ट’को विधागत उपाधिसमेत उचालेकी उनले ५५ हजार रुपैयाँ बराबरको बैंकक टुर, एक महिनाको एङ्करिङ कोर्षलगायत विभिन्न उपहार प्राप्त गरिन् । रोज सिप विकास तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्वारा आयोजित प्रतियोगितामा कविता लामा ‘फस्ट रनर अप’ र मुना श्रेष्ठ ‘सेकेन्ड रनर अप’ सँगै ‘बेस्ट स्माइल’ बनिन् । उनीहरूले पनि चार रात पाँच दिनको बैंकक बसाईको सुविधासहित विभिन्न उपहार प्राप्त गरे ।

प्रतियोगितामा विधागततर्फ इमिका श्रेष्ठ ‘पब्लिक च्वाइस’ र ‘मस्ट पंचुअल’, सरस्वती न्यौपाने ‘बेस्ट स्टाइलिस्ट’, हेमा अवस्थी ‘मस्ट बब्ली’, समिता महर्जन ‘बेस्ट पर्सनालिटी’, कल्पना खड्का ‘बेस्ट फिगर’, हिमाला पुन ‘मस्ट लोयल’, विभिन्न भट्ट ढकाल ‘ब्युटिफुल’ र ‘सोसियल मिडिया अवार्ड’, निकिता कुसुवार ‘बेस्ट हेयर’, सबिना महर्जन ‘बेस्ट स्किन’, जमुना पनेरु ‘मस्ट सिभिलिटी’, सुरती बराल ‘मस्ट चार्मिङ’, शारदा राहु मगर ‘बेस्ट आइज’, वीरजा खड्का ‘बेस्ट नेल आर्ट’, रूपा बस्नेत ‘मल्टि मिडिया’, ‘मेकअप’ र ‘हेयर स्टाइल’, विजेता प्रजापति श्रेष्ठ ‘बेस्ट क्याटवाक’, सिमा श्रेष्ठ ‘बेस्ट ड्रेस’ र ‘फोटोजेनिक’, मनिता बस्नेत ‘इनोसेन्ट’, श्रीदेवी महर्जन ‘मस्ट ट्यालेन्ट’, शर्मिला गुरुङ ‘डिसिप्लिन’, सावित्री तामाङ ‘फ्रेन्डली’, मिनाकुमारी ‘एक्स्ट्रा अर्डिनरी’ र रशा अधिकारी ‘मस्ट इन्टेलिजेन्ट’ भए ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले सौन्दर्य प्रतियोगिताले महिला सशक्तिकरण बढ्नुका साथै ब्युटिसियन महिलाहरूलाई अघि बढ्न प्रेरणा मिल्ने बताए । प्रतियोगिताको निर्णायकमा सिटिइभिटी कोअर्डिनेर डा. राजश्री श्रेष्ठ, अभिनेता रमेश उप्रेती, हास्य अभिनेत्री पल्पसा डंगोल, सिटिइभिटी सिप परिक्षण अधिकृत सुर्य अधिकारी, सामाजिक अभियन्ता सहिम शाह कलाकार सिताष्मा हमाल मल्ल, ब्युटिसियनहरू शारदा क्षत्री र रुस्का वैद्य श्रेष्ठ रहेका थिए । 

प्रकाशित: १ वैशाख २०७६ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App