८ वैशाख २०८१ शनिबार
कला

‘कठपुतली बन्न तयार छु’

मुम्बई –  बलिउड अभिनेत्री आलिया भट्टको सफलता हालका दिनमा चुलिँदो छ। उनको नाममा ‘हाइवे’, ‘हम्प्टी शर्मा की दुल्हनिया’, ‘कपूर एन्ड सन्स’, ‘उड्ता पन्जाब’, ‘बद्रीनाथ की दुल्हनिया’, ‘राजी’ र ‘गली ब्वाइ’ जस्ता सफल फिल्म छन्।

आलियाले आफ्नै संघर्षले छुट्टै पहिचान बनाइसकेकी छन्। तर पनि उनलाई कैयौं पटक करण जोहारको हातको कठपुतलीको आरोप लाग्ने गर्दछ। उनलाई जोहारको इच्छा बिना कुनै पनि फिल्म या ठुलो निर्णय नगर्ने गरेको आरोप लाग्दै आएको छ। तर यो विषयमा आलियाको फरक बुझाई छ। ‘म कसैलाई यसकारण गुरु मान्छु कि उहाँ म भन्दा धेरै गुना अब्बल हुनुहुन्छ। उहाँ जहिल्यै म भन्दा अगाडि नै हुनुहुन्छ’, आलियाले भनेकी छन्, ‘करणले मलाई मेरो प्रतिभा देखाउने पहिलो मौका दिए। जो मानिसले तपाईंलाई पहिलो मौका दिन्छन्। उनका लागि तपाईको हृदय जहिल्यै पनि इज्जत दिन माहिर हुन्छ। मलाई कसैले कठ्पुतली भन्छ भने यो कुरामा मलाई नराम्रो लाग्दैन। मलाई यो कुराको कुनै असर पर्दैन्।’ उनले कोहीलाई गुरु मान्दा आफुलाई कठपुतली भन्छन् भने कठपुतली बन्न आफु तयार रहेको बताएकी छन्।

बितेका ६ वर्षमा आलियाका अधिकांश फिल्म सफल रहे। फिल्ममा सफलता पाए पनि आलियामाथि एकै निर्देशकसँग काम गरिरहने आरोप लाग्दै आएको छ। ‘मेरो मनमा जहिल्यै पनि एउटै प्रश्न हुन्छ। मलाई एउटै निर्देशकसँग जोडेर किन हेरिन्छ। मलाई धेरै निर्देशकले काम पनि दिएका छन्। दर्शकले पनि मलाई निकै रुचाएका छन्। उहाँहरू पनि आलियाले केही नयाँ काम गरुन् भन्ने चाहन्छन्। त्यसकारण पनि कठ्पुतली शब्दबाट म भड्किनन्नँ।’ आलियाले भनेकी छन्। बलिउडमा लाखौं फ्यान हुने सेलिब्रेटी एक्लोपनको शिकार हुन्छन्। दीपिका पादुकोण अक्सर आफ्नो डिप्रेसनको चर्चा गर्छिन्। यो विषयमा आलियाको पनि दीपिकासँग सहमत छ।  ‘एउटा यस्तो समय थियो। जुन समयमा म अलग अलग अनुभवबाट बाँचिरहेको थिएँ। यो समयमा म कहिले खुशी त कहिले दुखी हुन्थें।’ उनले भनेकी छन्।

प्रकाशित: १ वैशाख २०७६ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App