भेटिएको एक लाख रूपैयाँ फिर्ता

आइतबार, ०१ बैशाख २०७६, ०८ : ५३ टंक क्षेत्री

सर्लाही - मानिसमा इमानदारीको खडेरी पर्दै गएकाले चोरीडकैतीका घटना बाक्लै हुने गरेका छन्। सर्लाहीको नवलपुरस्थित एक व्यवसायीले भने बाटोमा भेट्टाएको एक लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता दिएर उदाहरणीय कार्य गरेका छन्। नवलपुर चोकस्थित ज्ञानज्योति पुस्तक पसलका सञ्चालक अजय श्रेष्ठका छोरा १४ वर्षीय आर्यन श्रेष्ठले शुक्रबार दिउँसो सो रकम भेट्टाएका थिए। आर्यनले सो रकम बुबा अजयलाई लगेर दिएका थिए।

एक लाख रकम हराएर पनि फेरि पाउने व्यक्ति लालबन्दी नगरपालिका–१ नवलपुर निवासी नथुनी साह हुन्। शनिबार दिउँसो इलाका प्रहरी कार्यालय नवलपुरमा प्रहरी नायब निरीक्षक सूर्य कार्कीसहित स्थानीय भद्रभलाद्मीको रोहबरमा अजय र आर्यन बाबुछोराले नथुनीलाई नगद फिर्ता गरेका हुन्। भेटिएको रकम नथुनीकै भएको पुष्टी भएपछि इलाका प्रहरी कायालय नवलपुरमा प्रहरीको रोहबरमा रकम फिर्ता गरिएको आर्यनका बुबा अजयले बताए।

नथुनीले आफूले किनेको जग्गाको रकम तिर्न भनी आफन्तसँग तीन लाख रुपैयाँ सापटी लिएर तिर्न जानेक्रममा एक लाखको बन्डल भने बाटैमा खसालेका थिए। ‘एक–एक लाखका तीन बन्डल बोकेर जग्गाधनीको घरमा जाने क्रममा एउटा बन्डल बाटैमा खसेछ,’ नथुनीले भने, ‘जग्गाधनीलाई दुई लाख रुपैयाँ मात्र दिएर हतार–हतार बाटोमा खोज्दा भेटिएन, धन्न आर्यन बाबुले भेट्टाएछन् र उनका अभिभावक मनकारी भएकाले आज फिर्ता पाएको छु।’

अजयले भने, ‘पैसा जति भए पनि कहिल्यै पुग्दैन, त्यसैले हराएको मान्छे निश्चित भएपछि पैसा फिर्ता गरिदिएको हुँ।’ अहिलेको जमानामा भेट्टाएको नगद फिर्ता गर्दै इमानदारी देखाउनु अजयको उदाहरणीय कार्य भएको नगद फिर्ता कार्यक्रममा उपस्थित कपिल उप्रेतीले बताए।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad