coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमईको ‘सबै नेपालीको बचत खाता’

काठमाडौं –  ग्लोबल आइएमई बैंकले नेपाल सरकारले नयाँ वर्ष २०७६ वैशाख १ गतेदेखि घोषणा गरेको ‘समृद्धसँग जोडौं नाता ः सबै नेपालीको बैंक खाता’ अभियानअन्तर्गत ‘सबै नेपालीको बचत खाता’ ल्याएको छ ।

नेपाल सरकारले सुरु गर्न लागेको अभियानलाई सघाउने उद्देश्यले बैंक खाता नहुने नेपाली नागरिकलाई लक्षित गरी बैंकले नयाँ बचत खाता सुरु गरेको हो । वैशाख १ गतेदेखि खोल्न सकिने यो बचत खाताअन्तर्गत खाता खोल्ने ग्राहकलाई बैंकले एक सय बोनसस्वरुप खातामा जम्मा गरिदिने जनाएको छ । उक्त खाता बैंकका सबै एक सय ३६ शाखा तथा नौवटा एक्सटेन्सन काउन्टरमार्फत सहजरुपमा नागरिकता, राहदानी, फोटोसहितको मतादाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतीपत्र अथवा कुनै पनि सरकारी निकायले जारी गरेको फोटोसहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १ वैशाख २०७६ ०२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App