७ वैशाख २०८१ शुक्रबार
राजनीति

'कब्जा गरिएका सरकारी जग्गा फिर्ता गराइन्छ'

काठमाडाैँ - प्रधानमन्त्री केपी शर्मा ओलीले कब्जा गरिएका सरकारी जग्गा फिर्ता गराइने बताएका छन्। नयाँ वर्ष २०७६ को अवसरमा आइतबार बालुवाटार परिसरबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गएको वर्ष भ्रष्टाचार र बेतिथिविरुद्दको अभियानको वर्ष रहेको बताए।

उनले प्रश्न गर्दै भने, 'यस अघि कुनै उच्च ओहोदामा बस्ने मान्छे छानविनको दायरामा आएका थिए? शंकाको घेरमा परेका र विगतमा अवाञ्छनिय काममा संलग्नहरु अहिले किन छट्पटाएका छन्?' 'घर जग्गा कारोबार होस वा संगठित तस्करी, अवाञ्छित कामको छानबिन जारी छ। जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरु धमाधम फिर्ता गरिँदैछ र गरिँदै जानेछ। राज्यको सम्पत्तिमाथिको अनैतिक दोहनलाई सरकारले छुट दिने छैन्।'

भ्रष्ट र अनैतिक आचरण  भएको मान्छे नेपाली हुनै नसक्ने उनले बताए। 'भ्रष्टाचारीलाई कारबाही गर्दा त्यसको मुख नहेर्ने मेरो सार्वजनिक दृढता हो।

उनले भने, 'भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार होइन। हामी नेपाली मेहनत र पसिनामा विश्वास गर्छौ।' सम्बोधनको क्रममा उनले सरकारले एक वर्षमा प्राप्त गरेको उपलब्धीबारे पनि चर्चा गरे। एक वर्षको अवधिमा संघीयताको जग बसाल्ले काम भएको भन्दै अब समृद्धिको यात्रा तय भएको बताए।

प्रकाशित: १ वैशाख २०७६ ०२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App