५ वैशाख २०८१ बुधबार
अर्थ

पर्यटक वर्षमै न्यून पर्यटक

सुर्खेत - कर्णाली प्रदेश सरकारले घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ शुभारम्भको एक वर्ष पूरा भयो। पाँच लाख आन्तरिक तथा बाह्य पर्यटक कर्णालीमा भित्र्याउने लक्ष्यसहित मुगुको रारातालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको शुभारम्भ गरेका थिए। उद्घाटन कार्यक्रममै ८७ लाख रुपैयाँ खर्चिएर शुभारम्भ भएको पर्यटन वर्षमा कति जना आन्तरिक तथा बाह्य पर्यटक कर्णालीमा भित्रिए त ?
‘लक्ष्यअनुसार हामीले कर्णालीमा पर्यटन भिœयाउन सकेनौं,’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले भने, ‘जुन उद्देश्य र महŒवका साथ पर्यटन वर्ष घोषणा गरिएको थियो, त्यो अनुसार काम हुन सकेन।’ मुख्यमन्त्री संयोजक रहेको पर्यटन वर्ष कार्यक्रमले कर्णालीमा आउने पाँच लाख आन्तरिक तथा बाह्य पर्यटकमध्ये आधालाई रारातालसम्म पु¥याउने लक्ष्य लिएको थियो। एक वर्षको अवधिमा कति जना रारातालसम्म पुगे त ? ‘पाँच हजार पाँच सय ३० जना’ सूचना अधिकारी रोकायले भने, ‘ति मध्ये दुई सय १६ जना विदेशी नागरिक हुन्।’
पूर्वाधार अभाव र पर्याप्त आन्तरिक तयारीबिना प्रदेश सरकारले हतारमा पर्यटन वर्ष घोषणा गर्दा लक्ष्यअनुसार कर्णालीमा पर्यटन भिœयाउन नसकिएको हो। ‘प्रदेश सरकारले नेपालकै ठूलो राराताललाई केन्द्रमा राखेर पर्यटन वर्षको घोषणा ग¥यो, त्यहाँसम्म पुग्ने पूर्वाधार भने बनाउन सकेन्,’ जिल्ला समन्वय समिति मुगुका प्रमुख पूर्णबहादुर रोकायले भने, ‘पर्यटक वर्षको कार्यक्रमले पर्यटक भिœयाउनका लागि पूर्वाधार महŒवपूर्ण हुँदो रहेछ भन्ने सिकाएको छ।’
मन्त्रालयको तथ्यांकअनुसार एक वर्षको अवधिमा दुई लाख ३३ हजार २१ जना आन्तरिक तथा बाह्य पर्यटकले कर्णाली प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेका छन्। बाह्य पर्यटकको संख्या ६ सय ३३ मात्रै छ। कर्णालीमा आएकामध्ये अधिकांश प्रदेश राजधानी वीरेन्द्रनगरका कांक्रेविहार र बुलबुले तालसम्म पुगेका छन्। वीरेन्द्रनगरको बुलबुले तालमा एक लाख ६० हजार र कांक्रेविहारमा ३६ हजार नौ सय १९ जनाले भ्रमण गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। तथ्यांकमा बुलबुलेमा बाह्य पर्यटक भित्रिएका छैनन् भने कांक्रेविहारमा एक वर्षको अवधिमा ३४ जना बाह्य पर्यटक पुगेका छन्। यस्तै डोल्पाको शे–फोक्सुण्डोमा एक वर्षको अवधिमा चार सय ८९ जना आन्तरिक तथा तीन सय ८३ जना बाह्य पर्यटकले भ्रमण गरेका छन्।

पाँच लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित वैशाख १ गते मुगुको रारातालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को अवधिमा दुई लाख ३३ हजार २१ जना आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन्। यसमध्ये ६ सय ३३ जना मात्रै बाह्य पर्यटक रहेका छन्।

सचिवालयबिनै पर्यटन वर्ष सकियो
‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ सञ्चालनका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही संयोजक रहेको प्रदेशस्तरीय समिति गठन गरिएको थियो। प्रदेश स्तरमा मुख्यमन्त्री र जिल्ला–जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने समितिले वर्षभरी पर्यटकीय गतिविधि गर्ने, पर्यटकको तथ्यांक राख्ने, पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार गर्ने योजना थियो।
पर्यटन वर्षको उद्घाटनका क्रममा ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५ सचिवालय’का नामबाट प्रधानमन्त्रीसहित संघीय सरकारका मन्त्री, ६ वटै प्रदेशका मुख्यमन्त्री र कूटनीतिक नियोगका प्रमुखलाई प्रदेश सरकारले पत्र पठाएको थियो। सचिवालय ‘लेटर प्याड’मा मात्रै सीमित रह्यो। ‘पर्यटन वर्षको छुट्टै सचिवालय स्थापना गर्ने र त्यसैले कर्णालीमा आउने पर्यटकको तथ्यांक राख्ने, नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्ने र भएका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने कार्यक्रम थियो,’ पर्यटन मन्त्रालयका सूचना अधिकारी रोकायले भने, ‘त्यो कार्यान्वयन नहुँदै पर्यटन वर्ष सकियो।’
एक वर्षको अवधिमा प्रदेश सरकारले तीनवटा देखिने काम गरेको छ। उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको मुख्यद्वार, धुलियाविट र सुर्खेत विमानस्थलमा पर्यटन वर्ष सम्बन्धी होडिङ बोर्ड राखिएका छन् भने मुख्यमन्त्रीसहित तीनवटा मन्त्रीका कार्यकक्षमा डिजिटल बोर्ड राखिएका छन्। ‘त्योबाहेक केही काम गर्न सकिएन,’ रोकायले भने, ‘सचिवालय र कर्मचारी नहुँदा पर्यटन वर्ष भद्रगोल भयो।’
कर्णाली प्रदेश पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलले भरिपूर्ण छ। तर, पूर्वाधार अभावका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउन मान्दैनन्। दुई महिनादेखि राराताल जाने कर्णाली राजमार्ग अवरुद्ध छ। प्रदेश सरकारले बाटो खुलाउन पहल गरेको छैन। प्रदेशका मन्त्रालयबीच समन्वय नहुँदा पनि पर्यटन वर्षको प्रभावकारिता हराउँदै गएको देखिन्छ।
पर्यटन वर्षको घोषणा हुँदा सुर्खेतदेखि राराताल र अन्य जिल्लाका प्रमुख पर्यटकीय स्थलसम्म बाह्रै महिना यातायातका साधन चलाउने जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको थियो। भौतिक पूर्वाधार मन्त्रालयले अहिलेसम्म रारा जाने सडक खुलाउन सकेको छैन। ‘सुर्खेतदेखि रारासम्म ठाउँठाउँमा सडक बनाउने, सवारी साधनको मर्मत सेन्टर र फ्युल सेन्टर राख्ने जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाई दिइएको थियो,’ सूचना अधिकारी रोकायले भने, ‘सो मन्त्रालयबाट अहिलेसम्म त्यस्तो कुनै काम भएको देखिँदैन।’

उद्घाटन कार्यक्रममै भ्रष्टाचार
प्रदेश सरकार गठन भएपछिको पहिलो र महŒवाकांक्षी कार्यक्रम विवादरहित र भ्रष्टाचारमुक्त हुन सकेन। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुगुको रारातालमा पु¥याएर उद्घाटन गरिएको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ मा ३७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले ठहर गरेको छ। प्रदेश सरकारले संसद, सार्वजनिक लेखा समिति र महालेखा परीक्षकको कार्यालयलाई फरक–फरक विवरण बुझाएको छ। महालेखाको प्रतिवेदनमा कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका क्रममा प्रदेश सरकारले ८७ लाख १८ हजार नौ सय ७३ रुपैयाँ ७९ पैसा खर्च भएको देखाएको छ। प्रदेश सरकारले जेठ २५ गते संसद्मा ४९ लाख ४१ हजार सात सय ९५ रुपैयाँ खर्च भएको विवरण पेस गरेको थियो। त्यसयता सार्वजनिक लेखा समिति, उद्घाटन कार्यक्रमको छानबिनका लागि गठित उपसमितिलाई सरकारले बुझाएको विवरणमा पनि फरक–फरक तथ्यांक प्रस्तुत गरिएका थिए।
सरकारले कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका लागि २०७४ चैत २८ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायलाई ४६ लाख रुपैयाँको अख्तियारी दिएको थियो। सार्वजनिक लेखा समितिको प्रतिवेदनमा सार्वजनिक खरिद ऐन र वित्तीय अनुशासन पालना नगरेकाले खर्च भएको सबै रकम ‘अनियमित’ भनेको छ।

प्रकाशित: १ वैशाख २०७६ ०१:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App