coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

दोस्रो रोजाइका खेलाडी उतार्दै बार्सिलोना, चोटका कारण मेस्सीले पनि नखेल्ने !

ला लिगामा आज राति ८ बजे बार्सिलोनाले अन्तिम स्थानको ह्वेस्कासँग खेल्दै छ। लिगको ३२ औं खेल खेल खेल्ने क्रममा बार्सिलोनालको कप्तान लियोनल मेसी भने नहुने भएका छन्। 

बिहीबार भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा म्यानचेस्टर युनाइटेडसँगको खेलमा मेस्सी घाइते हुन पुगेका थिए। उनको आँखा र नाकमा चोट लागेको छ। म्यानेस्टर युनाइटेडको घरेलु मैदानमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा घाइते भए पनि मेस्सीले उक्त खेल पूरै समय खेलेका थिए। उक्त खेलमा युनाइटेडको आत्मघाती गोलको सहारामा बार्सिलोनाले खेल १–० ले जितेको थियो। 

युनाइटेडका क्रिस स्मालिङले मेस्सीमाथि खराब ट्रयाकिङ गरेका थिए। यद्यपि स्मालिङले मेस्सीमाथि जानाजान यस्तो नगरेको खेलपछि बताएका थिए। 

बुधबार पुनः हुने च्याम्पियन्स लिगको दोस्रो चरणको खेलका लागि तयारी अवस्थामा राख्न भनी क्लबले मेस्सीलाई आराम दिएको बताएको छ। मेस्सीको चोट भने खासै गम्भीर नभएको पनि प्रशिक्षकले बताएका छन्। 

भालभेर्डेले भनेका छन्, ‘मेस्सीको अवस्था ठीकै छ, उनलाई आराम चाहिएको हुँदा आगामी च्याम्पियन्स लिगको लागि भए पनि उनलाई हामीले आराम गर्न भनिसकेका छौं।’

आजको ह्वेस्कासँगको खेलमा अघिल्लो पंक्तिमा उस्मान डेम्बेले, फिलिपो काउटिन्हो र प्रिन्स बोटेन रहने छन्। स्ट्राइकर लुइस स्वारेज र रक्षापंक्तिका जेरार्ड पिके पहेंलो कार्ड पाएका कारण आजको खेलमा समावेश हुने छैनन्। उनीहरुको स्थानमा बोटेङ र जेइसन मुरिल्लोले हुने सम्भावना छ।

त्यसैगरी आजको टिममा जोर्डी अल्बा, अर्टुरो भिडाल र अर्थुर मेलो  पनि हुनेछन्।

लिगको ६ खेल खेल्न बाँकी रहेको अवस्थामा बार्सिलोना ७३ अंकका साथ शीर्ष स्थानमा छ। अन्तिम स्थानमा रहेको ह्वेस्कासँग मात्र २४ अंक छ र उसले ५ खेलमा जित नौ बराबरी र १७ हार बेहोरेको छ। त्यस्तै गोलरक्षक पनि परिवर्तन हुने सम्भावना रहेको प्रशिक्षक आनेस्टो भेलभेर्डेले बताएका छन्। पहिलो रोजाइका टेर स्टेगनको स्थानमा ज्यास्पर सिलेसनले मौका पाउन सक्छन्। 

 

प्रकाशित: ३० चैत्र २०७५ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App