coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङमा ब्लड बैंकको भवन उद्घाटन

खोटाङ– खोटाङमा ब्लड बैंकको भवन निर्माण गरिएको छ। जिल्लामा रगतको अभाव परिपुर्तिका लागि जिल्ला अस्पताल परिषरमा चार कोठे ब्लड बैंकको भवन निर्माण गरिएको हो। २०७४ साल चैत्रमा शिलान्यास गरिएको भवन सम्पन्न भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका हुन्।

प्रसुती गराउने महिला, ठूला दुर्घटनामा परेका घाइते तथा ठूला र जटिल अपरेशन गर्नु पर्ने बिरामीका लागि आवश्यक रगत व्यवस्थाका लागि रक्तसञ्चार केन्द्र भवनको निर्माण गरिएको हो। नगरपालिकाबाट ४१ लाख विनियोजन गरिएको भए पनि ३८ लाखमै भवन निर्माणको काम पूरा गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष सनमान खड्काले बताए।

ब्लड बैंकको भवन तयार भए पनि आवश्यक उपकरण राखेर सञ्चालनमा ल्याउन बाँकी छ। आवश्यक उपकरण जुटाए पछि रक्त सञ्चार केन्द्रमा रक्त संकलन गर्दै सेवा प्रवाह सुरु गरिने जनाइएको छ। ब्लड बैंक निर्माण भएपछि जिल्लाबासीले रगत अभावका कारण अकालमा ज्यान गुमाउने पर्ने अवस्था नआउने स्थानीयको अपेक्षा छ। रक्त सञ्चार केन्द्र नहुँदा जिल्लाबासीले आवश्यक परेको बेला रगत अभाव झेल्दै आएका छन्।

प्रकाशित: ३० चैत्र २०७५ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App