उत्तर कोरियाली नेता किम अमेरिकासँग पुनः वार्ता गर्न इच्छुक

शनिबार, ३० चैत २०७५, १५ : ०८ नागरिक

61


सोल– उत्तर कोरियाली नेता किम जोङ उन संयुक्त राज्य अमेरिकासँग तेस्रो चरणको वार्ताका लागि सकारात्मक देखिएको समाचार छ।

उत्तर कोरियाली नेता किमले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो चरणको वार्ता गर्ने इच्छा व्यक्त गरेकाे एक समाचारमा जनाइएको छ। उनले यदि अमेरिका सही रुपमा प्रस्तुत भएर वार्ताको टेबलमा बस्छ भने, आफू अर्काे चरणको वार्तामा बस्न पनि तयार रहेको बताएका हुन्। उत्तर कोरियाली नेता किमले यस वर्षको अन्त्यसम्म पनि आफूले अमेरिकाको एक साहसिक निर्णयको लागि पर्खि बस्ने धारणा राखेका थिए।

त्यस्तो साहसिक निर्णय अर्काे बैठकबाट पनि आउन सक्ने तर्फ इंगित गर्दै उनले यदि अमेरिका सही मानसिकताका साथ वार्तामा बस्ने हो भने त्यसका लागि आफू तयार रहेको धारणा राखेका हुन्। उनीहरूबीच केही महिनामात्र अघि भियतनामको हनोइमा पछिल्लो अर्थात् दोस्रो चरणको बैठक भएको थियो। तर त्यस बैठकमा भने उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच कुनै निर्णय भने हुन सकेको थिएन।

कुनै निर्णय अथवा सहमति नभएको भएता पनि वार्ता सकारात्मक भएको अमेरिका र उत्तर कोरियाले बताउँदै आएका छन्। यसैबीचमा आफू फेरि अर्काे वार्ताका लागि पनि तयार रहेको धारणा उनले राखेकाे समाचारमा जनाइएको छ। गएको फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोइमा भएको दोस्रो चरणको बैठकले वास्तवमा अमेरिका उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्न सकारात्मक छ कि छैन भन्ने विषयमा प्रश्न पनि उठेको नेता किमले बताए।

उनले शनिबार उत्तर कोरियाको संसदलाई सम्बोधन गर्दै हनोइ वार्तामा केही सहमति नभए पनि वार्तालाई नकारात्मक भन्न नमिल्ने बताए । तर पनि अमेरिका उत्तर कोरियासँगको सम्बन्धलाई थप विस्तारित गर्न साँच्चिकै इच्छुक छ कि छैन भन्ने बारेमा प्रश्न भने उठेको छ। संसदलाई सम्बोधन गरेको भन्दै उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले दिएको जानकारी अनुसार सो सम्बोधनका क्रममा उत्तर कोरियाली नेता किमले उत्तर कोरिया अमेरिकी धारणा बुझ्नका लागि पनि एक पटक फेरि तेस्रो चरणको वार्तामा बस्न इच्छुक छ, यदि अमेरिका चाहन्छ भने हामी तयार छौँ । सोही सम्बोधनकै क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आफ्नो सम्बन्ध भने बलियो रहेको बताए। उनले भने– 'मेरो व्यक्तिगत सम्बन्धको कुरा गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पसँग राम्रो सम्बन्ध छ, हामीले जुनबेला आवश्यक ठान्छौँ त्यतिबेला एक आपसमा चिठी लेख्न पनि सकेका छौँ, लेखेका पनि छौँ।'

उनीहरुबीच यसअघि दुई चरणमा वार्ता भएकाे छ। पहिलो चरणको वार्ता गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो भने अर्काे वार्ता यसै वर्षको फेब्रुअरीमा भियतनाको राजधानी हनोइमा भएको हो। पहिलो चरणको वार्तामा उत्तर कोरियाली आणविक अस्त्रको होडबाजी रोक्ने र पारमाणविक उत्पादनहरुलाई रोक्ने विषयमा सहमति भएको भए पनि दोस्रो चरणको हनोइ बैठकमा भने त्यस्तो केही सहमति भएको थिएन। तर दोस्रो चरणको बैठकमा पनि फेरि अर्काे चरणको वार्ता भने गर्ने सहमति भएको बताइएको थियो। सोही बमोजिम उत्तर कोरियाली नेताले यो प्रस्ताव गरेका अनुमान गरिएको छ।  रासस







यसमा तपाईको मत


अन्य समाचार

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

DxOMark अनुसार अहिलेको सबैभन्दा अब्बल क्यामरा स्मार्टफोन ! ...

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

तपाईंको फेसबुकसँग भएको सम्पूर्ण जानकारी पूर्ण डाउनलोड गर्नका लागि यस्तो गर्नुहोस् : ...

Ncell Footer Ad