अझै पुगेनन् स्थानीय तहमा बैंक

शनिबार, ३० चैत २०७५, १४ : ३१ नागरिक

डोटी– गठन भएको डेढ वर्ष वितिसक्दा समेत डोटीका स्थानीय तहमा अझैसम्म पनि बैंक नहुँदा सरकारी कामकाजमा समस्या भएको छ।

जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ स्थानीय तहमा हालसम्म पनि सरकारी बैंक पुग्नसकेका छैनन्। जिल्लाका बडिकेदार, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी, आर्दश, केआइसिंह, जोरायल गाउँपालिका तथा शिखर नगरपालिकामा हालसम्म बैंक स्थापना हुनसकेका छैनन्।

बोगटान फुड्सिल र शिखर नगरपालिकामा निजी क्षेत्रका बैंक स्थापना भए पनि सम्पूर्ण आर्थिक कारोवार जिल्लाबाट नै हुन थालेपछि स्थानीयवासीलाई झन समस्या हुन थालेको छ। स्थानीयतहमा बैंक स्थापना नहुँदा सामान्य सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम सिलगढी तथा कैलाली जानुपर्ने बाध्यता रहेको बडिकेदार स्थानीयवासी लोकेन्द्रबहादुर छेडालले बताए। उनले भने, 'गाउँपालिकामा बैंक छैनन्, सामान्य राजश्व बुझाउन पनि दुई दिन लगाएर जिल्ला सदरमुकाम सिलगढी वा कैलाली जानुपरेको छ।'

राज्यको पुनःसंरचनापश्चात् सरकारलेमुलुक भरका सबै स्थानीय तहमा बैंकिङ् तथा वित्तीय संस्था सञ्चालनमा ल्याउने भनी निर्णय गरेको भए पनि यहाँका स्थानीयतहमा बैंकिङ सेवा सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्दै आएका छन्। सरकारले नेपाल राष्ट्र बैंकलाई सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु गराउन निर्देशन दिएको भए पनि ग्रामीण क्षेत्रमा सरकारी तथा निजी बैंकले हालसम्म सेवा शुरु नगर्दा यहाँ सेवाग्राही मर्कामा परेका हुन्। यहाँका ग्रामीण क्षेत्रमा स्थापना भएका निजी क्षेत्रका बैंकले गाउँमा सुरक्षाको कारणले आर्थिक कारोवार गर्न नसकिएको बताउँदै आएका छन्।

गाउँमा आर्थिक कारोवार गर्न पूर्णतय शुरक्षा व्यवस्था नभएसम्म आर्थिक कारोवार जिल्लाबाट नै गरिने उनीहरुको भनाइ छ। स्थानीय तहमा बैंकिङ सेवा प्रभाह नहुँदा शिक्षक, कर्मचारी, व्यापारी मात्र होइन गाउँपालिकाका कामकाजसमेत प्रभावित बन्दै गएको जोरायल–५ गड्सेराका वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए। उनले भने, 'बैंक नहुँदा कर्मचारीलाई तलब खुवाउनदेखि सामान्य राजश्व बुझाउन समेत घण्टाैं टाढा जानु परेको छ, कहिले होला हाम्रो समस्या समाधान।'

यहाँका स्थानीय तहका गाउँमा आर्थिक कारोवार नहुने भएपछि स्थानीयवासी अहिले पनि जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दीपायल लगायतका क्षेत्रमा गई सेवा लिन बाध्य भएको केआइसिंह–५ का स्थानीयवासी चेतराज भट्टले बताए। सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकले स्थानीय तहमा बैंक स्थापना गर्ने योजना भए पनि सुरक्षाका कारण विस्तार गर्न नसकिएको जनाएको छ। जोरायलमा कृषि विकास बैंक स्थापना भए पनि उक्त बैंकले हाल सम्म पनि आर्थिक तथा ऋण कारोवार नगर्दा स्थानीयवासीलाई सास्ती हुन थालेको जोरायल–२ का स्थानीयवासी भरत कुँवरले बताए। उनले भने, 'जनतालाई सेवा दिने उद्देश्यले खुलेका बैंकले पनि सेवा सुचारु गरेका छैनन।' रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad