कथा: जुगनको सपना

शनिबार, ३० चैत २०७५, ०८ : ०७ टीकाराम भण्डारी

 दिउँसो मध्य अवस्थामा थियो। घामले आफ्नो रवाफ फिजाइरहेको थियो बाहिर। म मेरो प्राइभेट फर्म मा  थिए। भित्र पनि गर्मी वाफिएको थियो। सिलिङमा घुमिरहेको पंखा निरिह सावित हुदैथ्यो। तातो वाफका अगाडि। तर पनि आवाज निकालेरै भए पनि पंखा आफ्नो रफ्तारमा कुदिरहेकै थियो। आगोको राप उठे झै अलि पर हावामा राप देख्दथे आँखाले। जिऊबाट पसिना उम्रिदो थियो। बाटो वरिपरि तातो म?भूमि झै थियो।आकाश हेर्न सक्ने स्थिति थिएन।
अलि पर पट्टि पूर्वतिर बाटो छेउमा यौटी बुढी बज्यै मकै पोल्दै थिइन, बरको फेदमा। पोलेका केही मकै सजाएर अगाडि राखिएका थिए। बुढी धुवाँमा मुख रोपेर घरि मुखले, घरी हाते पंखाले आगो वाली रहेकी हुन्थीन। एक दुई ग्राहक मुस्किलले तिनको नजिक पर्थे। फर्ममा गर्नुपर्ने काम लगभग सकिएको थियो। म फर्म रहेको घरको फैलिदो छायामा बसेर मूल सडक हेर्दै थिए। छेउमा रहेको मम पसलबाट उठेको वाफ, त्यसैबाट फैलेको सुगन्धले मुख रसाँउथ्यो। पारी पट्टीको चश्मा पसले फुर्सदमा पसिनै पसिना भएर बसेको थियो।    छायाँमा भएकाहरू पनि पसिनामा भिज्दै थिए। सूर्य पश्चिमतिर ढल्कदो थियो। मध्यदिनको अवस्था।

मध्यदिनको सडक। मध्यदिनमा ओहोरदोहोर गरिरहेका मान्छेहरू, सडकमा हेरिरहेको थिएँ। कपाल बढेको हुनाले पसिनामा भिजेपछि चिलाएको थियो। कपाल काट्न जान हिडें। समय मिलेमा कपाल काटन हिडनु राम्रो लाग्छ। त्यसैको लागि सडकमा निस्कें। सडक छेऊ हुदै पश्चिम चोकमा पुगें। बाटोमा कुदिरहेका गाडी तिनमा सवार मान्छेहरू हतारमा देखिन्थे।

चोकमा साइकलमा पछाडिपट्टि वाकस राखेर वरफ बेच्दै थियो एउटा ठिटो। हातले प्लाष्टिक बेलुन जस्तो थिचेर वाजा जस्तो स्वर निकाल्दै थियो। भो.पू.......पारेर। मान्छे वरफ आयो भन्ने बुभ्mथे त्यसलाई। मान्छेको केही घुइचो थियो। ऊ सेतो, रातो, वाँसको डण्डीमा उनिएको वरफ बेच्दै थियो। एकै छिनमा ऊ वरफ बेचेर उत्तरतिर सर्यो। गर्मीलाई परास्त गर्न ऊ पनि लागे जस्तो गरी ऊ आफ्नै काममा लाग्दै देखिन्थ्यो।

बाटोमा स्कुलबाट फर्किरहेका स्कुले केटाकेटीहरू मेरो अघि हुदै मिल्दै छुट्दै थिए। केही बच्चालाई झोला बोकी दिएर स्कुलबाट आउदै गरेका अभिभावक पनि बाटोमा भेटिए। चार बजिसकेको संकेत   थियो। म अगाडि बढें। कपाल काट्ने पसल आइपुगेको थियो। ग्राहकको दारी बनाइरहेको – कपाल काट्ने मान्छेले– ‘बस्नुस भैहाल्छ यसपछि भन्दै स्वागत गर्यो। गर्मी अलि मत्थर भए झै मानें। एउटा कुर्ची समातेर ऐनामा आफूलाई हेर्दै पर्खि बसें पालोलाई।

छेऊमा अखबार थियो। मूल हेडलाइन भूकम्प पिडितको बिचल्ली भन्ने शीर्षक सहित तस्विर थियो। तस्विरमा त्रिपालमा गुजारा गर्दै आएका एक हुल परिवारका सदस्य थिए। त्यसमा वृद्ध वृद्धा भर्खरका, केटाकेटी सहित नौ जना यौटै त्रिपालमूनि वास बसिरहेका देखिन्थे। न्यानो कपडा लाउन नपाए जस्ता।
    तलपट्टि “गोदाममा कुहिए” राहतका सामग्री भन्ने अर्को समाचार छापिएको थियो। अलिकति पढेँ। के पढनु थियो र ! अवस्था भयाभव थियो। विचल्लीमा मान्छे थिए।

कपाल काटने मान्छे दारी बनाउनमा व्यस्त थियो। अर्को गाहक आयो। ऐना हेर्यो। सिट खाली नभएको बुझेपछि हातले ऐनामा कपाल मिलाएर बाहिर निस्क्यो। दारी बनाउदै गरेको ग्राहक दुवै आँखा चिम्लेर मुहार उत्तानो पारेर निदाए झै थियो। गालाभरी सेतो क्रिम नाइले पोत्दै थियो।

मेरो हातमा अखबार छदैं थियो। आँखा फेरि छुटेको लाइनमा पुगे। “म स्वयं असत्य बोल्छु तर आफ्ना शिष्यहरूलाई सत्य बोल्न प्रेरित गर्छु भने त्यो व्यर्थ हो। डरपोक शिक्षकले शिष्यलाई वीरताको शिक्षा दिन सक्तैन। व्यभिचारी शिक्षकले शिष्यहरूलाई कसरी संयमताको पाठ सिकाउन सक्दछ ?” गान्धीको आत्मकथाको नेपाली अनुवाद कृतिको भागबाट साभार लेखिएको थियो।

 चिटिक्क परेको मुहार ऐनामा हेर्दै ग्राहक उठेपछि  नाइ  जुगनले  मलाई कुर्चीमा राख्यो। घाँटीमा कपडा। च्यादर जस्तो बेरिदियो। हातले घाँटी अलि खुकुलो पारे झै गरिदियो। घुडा ढाक्नलाई च्यादर तानी हेरेँ। छोटो हुनाले घुडा देखिए। रौ पर्ने डरले मन त्यहीं घुडामा अडिरह्यो। ग्राहकका दारी, कपाल बनाइदिने नाइको दारी झुप्प थियो। फुलिसकेको कपाल, दारी। धामीको घरमा विरामी झै लाग्यो। पानी छिक्र्यो मेरो कपालमा नाइले। घांटी अलि निहुराई दियो। म बेलाबेलामा आफ्नै मुहार हेर्थे । अलि खिरिलो लाग्दै थियो आफ्नै अनुहार। भनेजस्तो नकाटला भन्ने अर्को पिर छदै थियो। त्यसैले घरीघरी टाउको उचालेर हेर्थे ऐनामा। पछाडीबाट फेरी नाइले टाउको निहुराइदिन्थ्यो।

यौटा  स्कुले बालक झोला बोकेर देखा पर्यो । झोला कुर्चीमा राख्दै बोल्यो– अम्बा छ वाबु जी। झोलाबाट अम्बा निकालेर खान   थाल्यो। टाउकोमा ध्यान थियो  नाइको। हातले काम गरिरहँदा, बच्चासँग कुरा गर्न पनि भ्याउथ्यो ऊ। कतै छाला काटिएला भन्ने डर मलाई बढ्दो हुन्थ्यो। बालकले अम्बा आधा खाइसकेको थियो, डिलबाट बाटोतिर चियाउदै।

“राजादेखि रैतीसम्म पनि तिम्रा सामु टाउको निहुराउँछन्। हैन त जुगनवा।” मैले निहुरीएको अवस्थामा मै बोलें। हातमा कैची लिएर नाइ जुगनले मेरो कपाल काटदै थियो। अलिकति देव्रेतिर मेरो टाउको ढल्काइ दियो र बोल्यो – अरे बाबु, यहि कुर्चीमा बसुन्जेल मात्र त हो। मेरो यो सानो कोठरी बाहिर त सबै बडा छन्। हामी त सधैंको सानो, गरिब।” छतमा घुमिरहेको पंखाले हावा भन्दा बढी आवाज दिइराखेकोथ्यो। मैले अलिकति आखा उठाँए, ऐनामा हेरें। जुगनवाको हातको कैची मेरो कपालमा चलेकै थियो। घाँटीनेर विस्तारै मिलाउदै थियो कपालको घेरो। फेरि टाउँको निहुराइदियो। मैले तलतिर हेरें। भुइभरी यत्रतत्र काटिएका रौंह? छिरलिएका थिए। हावासँगै टुक्रा टुक्रामा विभाजित रौं ले आफ्नो स्थान बदलिरहन्थे।
“कस्तो गर्मी बढ्यो अचेल।”
अनुहारबाट घांटीतिर सरेको पसिना पुस्दै बोलें।
‘गर्मीको त कुरै नगनुर्स।’
‘अर्को वर्षलाई खाने कुरा दिदैन, यो खडेरीले खेतमा धान सुकिसक्या छ।’ हुन पनि सावन महिना भरी पानी परेन। खेती रोप्न मात्रै भयो।’ जुगनवा तालु तिर कैची सारेर बोल्यो। “यस्तो विपत्ती, खडेरी त धेरै पहिला आथ्यो रे। मेरा बा बताउनु हुन्थ्यो।सारा तराई खडेरीमा सुकेथ्यो। भोकमरी लाग्याथ्यो रे त्यसैको अर्को वर्ष।”
मैले कान ठाडा पारेर सुनेकै थिए। मन्द मन्द स्वरमा रेडियो बोल्दै थियो एउटा कुनामा। जुगनवा फेरी बोल्यो– ‘हुनेह? त गर्मी छल्न अनेक उपाय गर्न सक्छन्।’ हामी त केही गर्न सक्तैनौं। गाउँको घरमा त पंखा पनि कहाँ छ र। मटियाको घरमा खवटाको छानो (माटो कै छानो) छ। बाँसको हाते पंखा, घुमाएर पल्टिनु पर्छ रातमा विस्तारामा।” न विजुली नै पुग्या छ। धेरै टाढा पनि हैन यो बजारबाट हाम्रो गाउँ। के कुराले छेक्दो रहेछ, विकाश, गाउँतिर जानलाई। ठूलै बाघ, भालु राखेजस्तो गाउँलेले, गरिबले। मनको कुरा पोख्दै गयो जुगनवाले। हातले टाउको मसाज गरयो। कराईमा मकै भुटदा आउने आवाज झै औलाले टाक्क, टुक, पार्दै मसाज गर्दैथियो। सेतै फुलेको जुगनवा मा मैले मेरा बा देख्दै थिए। बा पनि यसैगरी बोल्न थालेपछि बोल्या बोल्यै गर्नुहुन्थ्यो। गुनासो गरेया ग¥यै गर्नुहुन्थ्यो।
‘घरमा को को छन त’ जुगनवा। “मैले सोधें।
‘रोघाई बुढी छ, बाह्रैमास खोकीरहन्छे। कुनै अस्पताल नपुगेको जगा भएन तर ठिक लाग्दैन। अचेल अलिकति कम भाको छ खोकी। भगवानले सायद हेरे जस्तो छ। डाक्टरले त केही गर्न सकेका हैनन।
‘पोता (नाती छ), हेर्दादेर्है आठ  कक्षा  पुगी सक्यो। विहान मसँगै घरबाट आउँछ। म पसल खोल्छु। ऊ स्कुल जान्छ। यहि बजारमा पढछ। चार वजे आउँछ स्कुलबाट। स्कुलबाट फकर्ने वित्तिकै नास्ता, त्यै पल्लो होटलमा खान्छ। बानी परिसक्यो। आफ्नो खुन भएपछि प्यारो लाग्छ। त्यसको बाबु (मेरो छोरा) लाई जहुवा (वदमास) ह?ले घरबाट लगेका थिए। सोधपुछ गर्नुछ भन्या थे। देशमा द्वन्द्व थियो। दशवर्ष पुरा भो, यो असारमा। त्यसपछि छोरोको अत्तोपत्तो छैन। बुहारी छे घरमा। बुढो आउँछ भन्ने आशा राख्छे अझै । नातीमा छोरो देखिन्छ। जे माग्छ पुरयाइ दिन्छु। जुगनवा आँखा भरेर सुक सुक पो गर्न थाल्यो। मसाज विसायो।
छेउको ?माल तानेर नाक, मुख पुस्यो आफ्नो। अब पिर ऐ नातीको छ।पढालिखा बनाउनु छ। न मेरा बा आमाले पढे, न मेैले पढें। न त्यस्को बाले पढ्यो। हुन त नातीले आफ्नो बाउको अनुहार चिन्न पनि पाएन। सब जहुवाह?ले ...................।
नाती आठ  कक्षा त पुगिसक्यो। मैट्रिक, कलेज पुरयाउन पाए हुन्थ्यो। अब उसले पनि यो पेशा गर्न नपरोस भन्ने सोच्छु। तर केटो चलाख छ। मेरो पछि लाग्दा लाग्दा, कैची चलाउन सिकिसक्या छ।
“कलम चला, कलम” भन्छु।
कैची, कलम चलाउँछु भन्छ।
स्कुलमा पनि राम्रो गर्दैछ भन्छन मास्टरह? फि–बुझाउन जाँदा। त्यसले गर्दा काम गर्ने हौसला   आउँछ। अब आफ्ना लागि के जोडनु छ र ! पैसठ्ठि पुगीसकियो। वस यै केटो (नाती)को चिन्ता छ। जुगनवाले रौं परेको कपडा टकटकाउदै बोल्दै थियो। म उठें। ऐनामा अगाडि पछाडि हेरें। काइयोले कपाल मिलाएँ , अनुहार दुब्लाए झैं थियो तर चहक   थियो। चित्त बुझदो कपाल बनाइदिएको थियो जुगनले। एकैछिनमा निस्किए म त्यहाँबाट।

भदौं महिनाको अन्तिम दिनह? चल्दै थियो। म आफ्नो फर्ममा काम गर्दै थिएँ। आन्दोलनको हल्ला छाइराखेको थियो। हुलका हुल मान्छेको आवाज एक्कासी सुनियो। एकाएक वरिपरिका सटरह? बन्द भए। हल्लाखल्ली बढे पछि म बाहिर आएँ। आन्दोलनकारीह? हुल भएर नारा लाउँदै थिए। मैले पनि सटर बन्द गरें। यनीह? अगाडि बढ्दै गए। बजारमा कतै कोलाहल, कतै सन्नाटा एकै छिनमा   छायो। वजार पुरै बन्द भयो। मान्छेको भिड बैंकरोड हुदै जिल्ला प्रशासन तिर मोडियो। अब जे पनि हुन सक्छ। यस्तो हल्ला फैलिए पछि दिउसो नै फर्म बन्द गरेर म घर फर्के। घर पुगेर कपडा फेरेर वरण्डामा सुस्ताउँदै थिए। बजारतिरबाट आउनेह?ले खबर ल्याए। बजारमा गोली चल्यो रे। तिन जना घाइते भए रे। एकैछिनमा समाचार सुनें। भुक्ती बजारमा आन्दोलनकारी र सुरक्षा बल विच झडप भएको छ। आन्दोलनकारीले जिल्ला प्रशासनमा आगलागी गरिदिएका छन्। मुठभेडमा एकको मृत्यु भएको छ। कैयौं घाइतेको उपचार जिल्ला अस्पतालमा भैराखेको छ। नगरको सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रशासनले ‘साँझ पाँच बजेदेखि भोलि विहान पाँच बजेसम्म कफ्यु जारी गरेको छ। सुख, शान्ति  भाइचारामा फुलेको शहर एक्कासी मुर्दामा परिणत भएको छ।
अर्को दिन पनि शहर पुरै सुनसान थियो। मान्छेह?मा अब के हुने हो भन्ने डर व्याप्त थियो।पसल, स्कुल, काराखाना डरै डरमा बन्द भए। पत्रिकाले हिजोको मुठभेड मुख्य समाचारमा छापेका थिए। प्राय समाचारको हेडलाइन थियो – एक आन्दोलनकारीको  मृत्यु।
त्यसपछिका दिनह?, उहि आन्दोलन, झडप, घाइते आदि आदि खबर बोकेर विते। आन्दोलन पुरै दुइ महिना चल्यो। शहर अक्कल झुक्कल खुल्यो। धेरैजसो बन्दै रहयो। सामान्य अवस्थामा फर्कन शहरलाई हम्मे हम्मे पर्यो पुरा दुइ महिनासम्म।
म पनि त्यसैमा पिल्सिए। धेरै दिनपछि काममा फर्किएको थिएँ। कामले आफ्नो गति लिदै थियो, जस्तो शहरले फर्किने गती लिदै थियो। एकदिन कामको विचबाट फेरी कपाल काट्न निस्किए। बैक रोडको चहलपहल बढदै थियो। चिसोले अलिकति आफ्नो रवाफ बढाउन खोजिरहेथ्यो। सूर्य आकाशमा मलिन थियो। मेरो गन्तव्य एउटै थियो, कपाल काटने मामलामा। म प्रशासन रोड पुगें। जुगनको पसल खुलेको थियो। अगाडि पट्टि यौटा बेच्चमा केही मान्छेह? पत्रिका पढदै थिए। नजिकै पुगें। मैले जुगनलाई देखिन। मेरा आँखा उही सेतै फुलेको, हौसलामन्द जगुनलाई खोजिरहेका थिए। पसलमा बजिरहने रेडियो धुलाम्मे भएर झोक्राएको थियो। ऐनामा धुलो पोत्तिए झै लाग्थ्यो। भित्रपट्टि ग्राहकको कपाल अर्कैले काटिराखेको थियो। भित्र पसें। ग्राहक टाउको निहुराएर बोल्दै थियो – राम्ररी काट है। फेरी कान काटिएला।
कपाल काटिदिने व्यक्ति, चिन्न मलाई कुनै गाह्रो भएन कपाल काटिदिने त जुगनवाको नाती थियो। जसलाई मेलै धेरै पल्ट स्कुले डे«समा  स्कुल गएको र आएको देखेको थिएँ। जसलाई मैले जुगनवालाई भोक लाग्यो भनेर सताएको देखेको थिए। म तिनछक परिरहेको थिएँ। केटोले देवे्र हातले काइयो, र दाहिने हातले कैची कपाल माथि विस्तारै चलाउदै थियो। माथि भित्तामा मुस्कुराइ रहेको तस्विर जुगनवाको थियो। जुन फोटो पे्रmमलाई पूmलको माला लगाइएको थियो। फोटो मुनि लेखिएको थियो शहिद जुगन.........। जन्म ......... मृत्यु ........साल भदौ २९
 छतमा धुलाम्मे भएर तिनपाते पंखा टोलाई बसेको थियो।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad