coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

माउन्ट कैलाशलाई अन्तरार्ष्ट्रिय बिड क्वालिटी अवार्ड

माउन्ट कैलाश रिसोर्टका अध्क्षय नरेश भट्टराई

काठमाडौं—पोखरास्थित माउन्ट कैलाश रिसोर्टले उत्कृष्ट सेवालाई आधार मानेर प्रदान गरिने इन्टरनेशनल बिड क्वालिटी अवार्ड २०१६ उपाधि जितेको छ। फ्रान्सको राजधानी पेरिसमा भएको इन्टरनेशनल बिड क्वालिटी कन्भेन्सनमा नेपालबाट पहिलो पटक छानिएको रिसोर्टले इन्टरनेशनल गोल्डस्टार फर क्वालिटी शीर्षकमा बिड क्वालिटी अवार्ड जितेको हो।

'माउन्ट कैलाश रिसोर्ट पोखराले यो अवार्ड पाउनु निकै गर्वको कुरा हो। सेवा सुविधालाई आधार मानेर प्रदान गरिने विश्वस्तरको अवार्ड पाउँदा यसले पोखरा र समग्र नेपालकी पर्यटन क्षेत्रको शिर उँचो पारेको छ।'

विश्वभरिका निजी कम्पनीहरुले दिने सेवा सुविधाको मूल्याङ्कन गरेर प्रत्येक वर्षक बिजनेस इन्टियटिभ डिरेक्स (बिड) ले वर्ल्ड क्वालिटी कमिटमेन्ट अवार्ड प्रदान गर्छ। माउन्ट कैलाश यो अवार्ड पाउने नेपालको पहिलो रिसोर्ट भएको छ।

पेरिसको  होटेल हायातमा सम्पन्न अवार्ड वितरण कार्यक्रममा माउन्ट कैलाश रिसोर्ट पोखराका अध्क्षय नरेश भट्टराइले अवार्ड ग्रहण गरे। 'माउन्ट कैलाश रिसोर्ट पोखराले यो अवार्ड पाउनु निकै गर्वको कुरा हो', उनले भने, 'सेवा सुविधालाई आधार मानेर प्रदान गरिने विश्वस्तरको अवार्ड पाउँदा यसले पोखरा र समग्र नेपालकी पर्यटन क्षेत्रको शिर उँचो पारेको छ।'

प्रकाशित: ३ कार्तिक २०७३ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App