नयाँ सालबाट कांग्रेसमा जागरण आउँछ: निधि

शुक्रबार, २९ चैत २०७५, १८ : ३८ रमेश खतिवडा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ सालपछि कांग्रेसमा जागरण आउने बताएका छन्। शुक्रबार राजधानीमा दोलखा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा निधिले नयाँ बर्ष २०७६ लगत्तै कांग्रेसमा नयाँ जागरण आउने र त्यसले देशभरि कम्युनिस्ट अधिनायकवाद बिरुद्ध बलियो जनमत तयार पार्ने ठोकुवा गरे।

पार्टीको काम कारवाही हेर्न र वर्तमान अधिनायकवादी सरकारविरुद्ध गाउँ गाउँमा भण्डाफोर गर्न आगामी केन्द्रीय समिति बैठकले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउन लागेको निधिले जानकारी दिए। 

‘सबै जिल्लामा पार्टीको जिल्लादेखि गाउँ सम्मको समिति, भातृ संस्थाहरुको अवस्था, सक्रिय सदस्यको अवस्था सहित समग्र पार्टी गतिविधि बुझ्न र मुलुकमा कम्युनिस्ट अधिनायकवाद र सरकारको जनविरोधी कामका बिरुद्ध जनतालाई जानकारी दिन केन्द्रीय सदस्यहरु प्रत्येक जिल्लामा एक महिनाका लागि खटिँदैछन्’, निधीले भने, ‘कांग्रेसमा अब नयाँ ढंगले जागरण ल्याउनुपर्छ, सबै तयार रहनुहोला।’ उनले जिल्ला खटिने केन्द्रीय सदस्यले एक महिना जिल्ला बसेर पार्टीको गतिविधि सूक्ष्म ढंगले अध्ययन गर्ने र संशोधित बिधान अनुसार पार्टी संगठन पुनर्संरचना लगायतका काम गर्ने समेत बताए। 

उनले कांग्रेसमा सामन्य बिषयमा मतभेद देखिए पनि विवाद नभएको दाबी गरे। ‘केही बिषयमा मतभेद हुन्छन्, स्वभाविक हो’, उनले भने, ‘ त्यो पनि चाडै अन्त्य भएर नयाँ बर्षबाट देशभर जागरण बोकेर कांग्रेस गाउँ पुग्नेछ।’

कार्यक्रममा कांग्रेस सांसद जिपछिरिङ लामा, ३ नम्बर प्रदेश सभा सांसद दिपेन्द्र श्रेष्ठ, अर्का प्रदेशसभा सांसद प्रताप तामाङ, दोलखा काङ्ग्रेसका सभापति रुद्रबहादुर खड्का, नेताहरू उद्धवराज काफ्ले, ताराबहादुर कोइराला, नेविसंघका पूर्व महामन्त्री एवम् दोलखाका नेता कुन्दन राज काफ्ले लगायतले बोलेका थिए।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad