८ वैशाख २०८१ शनिबार
समाज

घुस सहित २ जना पक्राउ

धनुषा– धनुषामा २ जना घुस सहित पक्राउ परेका छन्। जिल्लाको राईजोवियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला, जनकपुरधाममा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा. राम गुलाम यादव र पशु सेवा प्राविधिक जागेश्वर चौधरी घुस रकम सहित पक्राउ परेका हुन्।

उनीहरुले  सम्पन्न भई सकेको निर्माण कामको विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास महोत्तरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हाे।
उनीहरु ४०,००० घुस रकम सहित पक्राउ परेका हुन्।

प्रकाशित: २९ चैत्र २०७५ १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App