coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

महालेखा प्रतिवेदन : करिब सात खर्ब बेरुजू

काठमाडौं– सरकारको बेरुजू ६ खर्ब ८३ अर्ब ६६ करोड पुगेको छ। गत आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षणबाट सो अंकको बेरुजू निस्किएको हो। 

उक्त बेरुजूमध्ये तीन खर्ब ७७ अर्ब ४८ करोड अद्यावधिक र तीन खर्ब ६ अर्ब १८ करोड लेखापरीक्षण बक्यौता, राजस्व बक्यौक्त, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण समेत जोड्दा सो अंकको बेरुजू पुगेको महालेखा परीक्षक टंकमणि शर्माले जानकारी दिए। 

महालेखा परीक्षण कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ५६ औं वार्षिक प्रतिवेदन बुझाएको थियो। लगत्तै पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरिएको हो। 

प्रकाशित: २९ चैत्र २०७५ ११:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App