८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानन्यायाधीशलाई प्रश्नः ‘हिरा टिपेर ल्याउँदा सुनलाई निषेध गर्ने?’

काठमाडौं– न्याय परिषदले चैत १९ गते सर्वोच्च अदालतमा ५ र उच्च अदालतमा १८ जनाको नाम न्यायाधीशका लागि सिफारिस ग-यो। राजनीतिकरण भएको, नातावाद, कृपावाद हाबी भएको र अयोग्य तथा कनिष्ठ ल्याएको भन्दै सिफारिसको चौतर्फी विरोध भयो। सर्वाेच्चका न्यायाधीशले नै परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको आलोचना गरे। 

‘हिरा टिपेर ल्याए भन्नुभएछ। कुन कुन आधारमा को को सुनवाला छुटे? को को खोकावाला छुटे, खोका सिक्का बने? के के कारणले खोका सिक्का भए?’ थापाले प्रश्न गरे, ‘बोलेर मात्र हुँदैनन् नी। न्याय परिषदमा छलफल हुनुप-यो।’

चौतर्फी विरोध भएपछि प्रधानन्यायाधीश राणाले न्यायाधीश सिफारिसमा ‘हिरा’ टिपेर ल्याएको दाबी गरे। न्यायाधीशहरुको राष्ट्रिय सम्मेलनमा राणाले न्यायाधीशबाट निकालिएका पिएचडी होल्डरलाई पुनः न्यायाधीशमा सिफारिस गर्नु आफ्नो ‘पवित्र लक्ष्य’ भएको बताए।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका पाँचमध्ये एक अधिवक्ता मनोजकुमार शर्मा पिचएचडी होल्डर हुन्। उनी पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा हुन्। मनोजलाई नै लक्षित गरी राणाले हिरा टिपेर ल्याएको प्रतिक्रिया दिएका थिए। 

हेर्नुस् भिडियाे पनि :

तर, कानुनका ज्ञाताले भने कनिष्ठलाई हिरा भनेर प्रधानन्यायाधीशले प्रतिरक्षा गरेकोप्रति आक्रोश पोखेका छन्। राणासँगै वकालती पेशा सुरु गरेका बरिष्ठ अधिवक्ता शम्भु थापाले न्याय परिषदमा छलफल नगरी बाहिर बोलेर प्रतिरक्षा नहुने बताए। ‘हिरा टिपेर ल्याए भन्नुभएछ। कुन कुन आधारमा को को सुनवाला छुटे? को को खोकावाला छुटे, खोका सिक्का बने? के के कारणले खोका सिक्का भए?’ नागरिक नेटवर्कको फ्रन्टलाइन कार्यक्रममा थापाले प्रश्न गरे, ‘बोलेर मात्र हुँदैनन् नी। न्याय परिषदमा छलफल हुनुप-यो।’

अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उच्च अदालतका लागि समेत अयोग्य व्यक्तिलाई सर्वाेच्चमा लगेर प्रधानन्यायाधीशले हिरा भनेकोमा आक्रोश पोख्दै नियुक्त गरिएका व्यक्तिको आधार र कारण स्पष्ट पार्नुपर्ने माग गरे।

शम्भु थापा भन्छन्ः

हिरा टिपेर ल्याए भन्नुभएछ।
कुन कुन आधारमा को को सुनवाला छुटे? न्याय परिषदको छलफल हुनुपर्थ्यो। 
को को खोकावाला छुटे, खोका सिक्का बने, के के कारणले खोका सिक्का भए? बोलेर मात्र हुँदैनन् नी। छलफल हुनुप¥यो। 
न्याय परिषदमा यो यो आधारमा हिरा हो, फलानो मोती हो, यो यो सुन हो, अहिले सुन नेपालमा बन्देज छ। भन्सारबाट पनि ल्याएर आउन पाइँदैन। खोटो सुनमाथि ठगी हुन्छ भनेर त्यहाँ बोल्नुप-यो। बाहिर बोलेर साह्रै मलाई मन प¥यो फलानो न्यायाधीश भनेर प्रतिरक्षा हुँदैन। प्रतिरक्षा गर्दा हेर्नुस् हामीले गरेको निर्णय, कारणसहित भनेर देखाउन सक्नुप¥यो। अदालतमा एउटा पनि बहस नगरेको मान्छे कसरी हिरा भयो?

दिनेश त्रिपाठी भन्छन्ः

प्रधानन्यायाधीशले हिरा भनेको व्यक्ति उच्च अदालतलको लागि पनि आयोग्य छ। उहाँको लेगल स्कलरसीप के हो? यो राष्ट्रले जान्न पाएको छैन। एपेक्सकोटमा ल्याउँदा खेरी एउटा आउटस्टान्डिङ लिगल कन्ट्रिब्युसन भएको मान्छे ल्याइन्छ। उहाँको कन्ट्रिब्युसन के हो? प्रधानन्यायाधीशले राष्ट्रलाई बताउनुपर्छ। जुन जुन ब्यक्तिहरू नियुक्त गरिएका छन, त्यसको आधार के हो, कारण के हो? एउटा स्पेसिक अर्डर हुनु पर्यो। कुनै पनि संविधान र लोकतान्त्रिक समाजबाट कुनै निर्णय गर्छ भने त्यो निर्णय आफै बोल्नु पर्छ। त्यसको आधार के हो? कारण के हो? 

यदि त्यो हिरा हो भने के के कारणले हिरा हो? त्यो सबै भन्दा अब्बल के कारणले हो? के चाही उसको लिगल स्कलरसीप छ। उसको हाइन्ट्रिग्रीटी के छ? न्यायालयमा राष्ट्रले चिनेको, पत्याएको मान्छे हुनुपर्यो। बेष्ट एण्ड क्षमतावान मान्छेलाइ ल्याउनु पर्यो। तर यहाँ सी ग्रेडका ब्रेनहरूलाई, जसको नैतिकतामाथि पनि प्रश्न छ, त्यस्ता ब्यक्तिहरू ल्याइएको छ। 

उच्च अदालतको त झनै प्याथेटिक छ। जुन जिल्लाबाट ल्याएका न्यायाधीशलाई न्यायपरिषद् आफैले कारवाही गरेको थियो, त्यसैलाई उच्च न्यायलयमा नियुक्त गरेको छ। यो साह्रै लज्जास्पद विषय हो। न्यायपरिषद्ले गरेको कारवाही तामेलीमा राख्न मिल्दैन, यो यो आधारमा हिरा भनेर न्यायपरिषदले बोल्नु पर्यो। नियुक्ति पाएका अधिकांश न्यायाधीशलाई अदालतको बारेमा डेकोरम नै थाहा छैन। न्यायपरिषद्ले संवैधानिक र न्यायपरिषद्को नीति विपरीत नियुक्ति गरेको छ। 

प्रकाशित: २९ चैत्र २०७५ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App