४ वैशाख २०८१ मंगलबार
समाज

मोबाइल टावरको आवश्यक सामाग्रीसहित डोल्पा पुगे विद्यार्थी

डोल्पा - संचार प्रविधिको पहुँचबाट टाढा रहेको ठुलीभेरी नगरपालिका वडा नं ६ अन्तर्गत पर्ने रिन्पुले डाँडामा मोबाइल टावर निमार्ण गरिन थालिएको छ।

साविकको माझफाल गाविसलाई मोवाइल सेवा दिने उद्देश्यले निर्माणाधिन मोबाइलटावरको आवश्यक सामाग्रीसहित विद्यार्थी नेता योगेन्द्र बुढा डोल्पा पुगेका छन्। एक बर्ष अघिदेखि निर्माणाधिन नमस्तेको मोबाइल टावरमा प्रयोग हुने बि.टि.एस माइक्रोवेभ, रेडियो लिंक,लगायतका सामाग्रीहरु जहाजमा चार्टर गरेर बुढा शुक्रबार नेपालगञ्जबाट डोल्पा पुगेका हुन्।

सबै सामाग्री जुफाल झारि सकिएकाले आवाश्यक उपकरणहरु नपुगहुँदा एक बर्ष देखि निर्माणाधीन मोबाइल टावरले अब गति लिने नेता बुढाले बताए। भौगोलिक विकटता,भनेको समयमा जहाज नपाइँने र धेरै तौल भएका उपकरणहरु भएका कारण डोल्पासम्म सामाग्री ढुवानी गर्न केही सयम ढिला भएको बताइएको छ।

धेरै तौल भएका सामाग्री भएकाले जुफालबाटै निर्माणस्थलसम्म सामाग्री पु¥याउन कामदारनै नपाइने समस्याले टावर निर्माण शसक्तरुपमा अगाडी बढ्न नसकेको बुढाले बताए। बस्ती रहेदेखिनै संञ्चारसास्ती खेप्दै आएका माझफालबासी अबछिट्टै घरबाटैदेश बिदेशमा मोबाइलमा कुरागर्ने धोको पुराहुने भन्दै उत्साहित भएका छन्।

अखिल(क्रान्तिकारी)का केन्द्रियसदस्य समेत रहेका बुढाका अनुसार अझैसम्म संञ्चारको भरपर्दो पहुँच बिस्तार हुननसकेको माझफालमा अबचौबिसै घण्टा मोबाइल टावर हुने बताए। निर्माणाधिन टावरलाइ सुचारु गराउन दुइजना टेक्निसियन सहित एक इन्जिनियर पनि डोल्पा पुगिसकेकाले अबको हप्तादशदिनभित्रै सेवा सुचारुहुने बुढाले भनाइ छ।

मोबाइलटावर निर्माण पछि माझफालका करिब एकहजार घरधुरीहरु लाभान्वित हुनेछन्। यस अघि पनि बुढाकै पहलमा ठुलीभेरी नगरपालिकामा पर्ने दुईवटा बिद्यालयमा११ लाख २५हजार मुल्य बराबरका सौर्य टुकी बितरण गएिको थियो। दुइ साता अघिमात्रै नेता बुढाकै पहलमा डोल्पाका तीन विद्यालयमा सुचना प्रविधि प्रयोगशाला(आइ.सि.टी)कार्यक्रम समेत परेको छ।

प्रकाशित: २९ चैत्र २०७५ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App