coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पहिलो टेस्टमा पाकिस्तानलाई सफलता

दुबई(एएफपी)– प्रतिद्वन्द्वी कप्तानद्वय मिसवाह उल–हक र जेसन होल्डरले अन्तिमसम्म संघर्ष गरेको पहिलो टेस्टमा पाकिस्तानले वेस्ट इन्डिजमाथि५६ रनको जित पाएको छ।

डारेन ब्राभोले ४ सय १० मिनेटमा १ सय १६ रन जोडेपछि वेस्ट इन्डिजले खेलमा अग्रता लिँदै पाकिस्तानलाई चुनौती दिएको थियो। ब्राभोले शतक प्रहार गरे पनि पाकिस्तानले वेस्ट इन्डिजलाई २ सय ८९ रनमा अलआउट गरेको थियो।

पाकिस्तानी टेस्ट टोलीका कप्तान मिसवाहले टेस्ट क्रिकेटका लागि यो खेल उत्कृष्ट भएको बताए । ‘सबै हिसाबले यो उत्कृष्ट टेस्ट थियो । टेस्टका लागि यस्तो खेल राम्रो हो, उनले भने, ‘केही राम्रो गर्नु छ भने यस्तो टेस्ट खेल आवश्यक पर्छ । यसको श्रेय वेस्ट इन्डिजलाई पनि जान्छ । उसले साँच्चिकै कडा चुनौती दिएको थियो ।’

पाकिस्तानले ३ विकेट गुमाई ५ सय ७९ रन जोडेपछि पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । त्यसमा पाकिस्तानी ओपनर अजहर अलीले कीर्तिमानी स्कोर बनाए । अजहरले टेस्टमा कीर्तिमानी स्कोर गर्ने क्रममा अविजित ३ सय २ रन जोडेका थिए ।

पहिलो इनिङमा २ सय २२ रनको अग्रता स्विकारेको वेस्ट इन्डिजले पाकिस्तानलाई दोस्रो इनिङमा १ सय२३ रनमा अलआउट ग¥यो । वेस्ट इन्डिजलाई खेलमा फर्काउने क्रममा स्पिनर देवेन्द्र विसुले करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै ४९ रनमा ८ विकेट लिए। उनले १३.५ ओभरमा १ मेडन ओभर बलिङ गरेका थिए । पाकिस्तानलाई खेलमा हराउने प्रयास गरेका ब्राभोको प्रदर्शनप्रति मिसवाहले प्रशंसा गरे । उनले भने, ‘वेस्ट इन्डिजका ब्याट्सम्यानले राम्रो लचकता प्रदर्शन गरे । खेल राम्रो हुनुको श्रेय उनीहरूलाई पनि जान्छ ।’

दुबई रंगशाला पिचमा भएको अन्तिम दिनवेस्ट इन्डिजले १ सय ९ ओभरसम्म खेलेको थियो । चौथो इनिङको प्रदर्शन वेस्ट इन्डिजको टेस्ट क्रिकेट इतिहासमा कीर्तिमानी इनिङ हो । त्यसअघि वेस्ट इन्डिजले सन् १९७८ मा भारतविरुद्ध कोलकातामा१०५.१ ओभरसम्म खेलेको थियो ।

ब्राभोले उत्कृष्ट प्रदर्शन गरेर १ सय रन आवश्यक भएको बेला आफू नर्भस भएको मिसवाहले बताए । ‘मलाई थाहा छ, मैले चौथो दिन कसरी समय खर्चेको छु । अन्तिम दिनको अन्तिम समय निकै प्रतिस्पर्धात्मक थियो । त्यो टिम र कप्तानका रूपमा निकै कठिन क्षण थियो,’ मिसवाहले भने, ‘तीन दिन अघिसम्म हामी अगाडि थियौं । तर एक सेसन ब्राभोको प्रदर्शनले उनीहरूलाई फाइदा भयो ।’

खेल जित्न ८३ रन आवश्यक हुँदा स्पिनर यासिर साहले ब्राभोलाई आउट गराए। साहले वेस्ट इन्डिजविरुद्धको टेस्टमा ७ विकेट लिए । पहिलो इनिङमा साहले १ सय विकेट पूरा गर्दै टेस्ट क्रिकेटमा तीव्र गतिमा विकेट लिने दोस्रो खेलाडीको कीर्तिमान बनाएका थिए ।

सोमबारको सफलतासँगै मिसवाहले ४७ टेस्टमा कप्तानीका रूपमा २३ खेलमा सफलता पाएका। उनले भने, ‘यो विशेष जित हो । हाम्रो ४ सय टेस्ट खेल हो । पहिलोपल्ट पिंक बल र पहिलोपटक दिन रातको खेल। यहाँ पाएको जित महŒवपूर्ण उपलब्धि हो।’

वेस्ट इन्डिजका होल्डरले हारका बाबजुद सकारात्मक भनाइ राखे । उनले भने, ‘हारले निराश बनाएको छ तर धेरै कुरा सकारात्मक छन् । एउटा महŒवपूर्ण कुरा हामीले अन्तिमसम्म विपक्षीलाई चुनौती दियौं। त्यो हाम्रो टोलीको राम्रो मिहिनेत र एकता थियो । दुर्भाग्यवशहामीले अन्तिम बिन्दु भने पार गर्न सकेनौं।’

पहिलो इनिङमा समेत उत्कृष्ट खेल्दै ८७ रन जोडेका ब्राभोको खेललाई होल्डरले प्रशंसा गरे । होल्डरले भने, ‘हाम्रा  लागि महŒवपूर्ण दुवै इनिङमा उनले प्रशस्त परिपक्वता देखाए । तपाईले उनको अनुहारमा सकल्प देख्नुभएको थियो । आशा छ आगामी दिनमा पनि उनले यस्तो लयजारी राख्नेछन् ।’

दोस्रो टेस्ट आबुधाबीमा शुक्रबारसुरु हुँदैछ। तेस्रो र अन्तिम टेस्ट भने शारजहाँमा अक्टोबर ३० बाटचल्नेछ।

 

 

प्रकाशित: ३ कार्तिक २०७३ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App