७ वैशाख २०८१ शुक्रबार
खेल

यू१९ विश्वकपको छनोट: नेपालले सिंगापुरलाई दियाे २८३ रनकाे लक्ष्य

तस्बिरः रमन शिवाकाेटी

आइसीसी यू१९ विश्वकपको छनोटमा नेपाली टोलीले सिंगापुरलाई २८३ रनको लक्ष्य दिएको छ। नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर २८२ रन बनाउन सफल रह्याे।

टस हारेर ब्याटिङ्को निम्ता पाएको नेपाली टोलीको ओपनर रित गौतमलाई १ रनमै गुमाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रनको योगदान दिए भने पवन सर्राफले उत्कृष्ट ४७ रन बनाउन सफल रहे।  त्यस्तै, भीम सार्कीले २६ रन बनाउँदा कुशल मल्लले १० रनको योगदान दिए। यता रसिद खानले ४८ रनको महत्वपूर्ण योगदान दिए। त्यस्तै, कमल सिंह ऐरीकाे आक्रामक ३१ रन महत्वपूर्ण रह्यो।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, युएई, कुवेत, ओमान र सिंगापुरले छनोट प्रतियोगितामा सहभागिता जनाउँदै छन्। नेपालले दोस्रो खेल चैत ३० गते बलियो प्रतिद्वन्द्वी मानिएको संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्नेछ। यस्तै नेपालले तेस्रो खेल मलेसियासँग वैशाख २ गते खेल्दै छ भने चौथो खेल ओमानसँग वैशाख ३ गते र अन्तिम खेल कुवेतसँग वैशाख ५ गते खेल्नेछ।

प्रकाशित: २९ चैत्र २०७५ ०५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App