coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जिउँदै जलाएर श्रीमतीको हत्या गर्ने पक्राउ

काठमाडौ—प्रहरीले आफ्नै श्रीमतीलाई शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गर्ने एकजनालाई घटनाको १७ वर्षपछि पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कोटेश्वरका नवराज नगरकोटी भन्ने नवराज श्रेष्ठलाई पक्रेको हो।

ब्युरोका अनुसार अदातलको फैसलाले सर्वस्व सहित जन्मकैदको फैसला भएका श्रेष्ठ घटनापछि मलेसिया गएर २०६६ सालमा फर्केपछि दोस्रो विवाह गरेर बसेका थिए । श्रेष्ठलाई कर्तब्य ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतले २०५८ असार ७ मा सफाईको फैसला गरेपनि सोही मुद्दामा पूनरावेदन अदालत पाटनले २०६२ कार्तिक ६ गते सर्वस्व सहित जन्मकैदको फैसला गरेको थियो ।

ब्युरोका एसपी दिवेश लोहनीले जघन्य अपराध पछि लामो समय स्थान परिवर्तन गरेर बसेका श्रेष्को पहिचानपछि ब्युरोको टोलीले पक्राउ गरेको बताए । उनका अनुसार मृतकका माईतीले दिएको जाहेरीका आधारमा श्रेष्ठ उपर अदालती कारवाही भएको हो।

श्रेष्ठले २०५६ पुष १६ गते श्रीमती रिना श्रेष्ठलाई आगो लगाई हत्या गरेका थिए। आगोले जलेर घाईते भएकी रिनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकाक्रममा मृत्यु भएको थियो । ब्युरोले सजया भुक्तानका लागि अदालतको आदेशले श्रेष्ठलाई कारागार कार्यालय डिल्लीबजारमा बुझाएको छ। 

प्रकाशित: १२ असार २०७३ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App