coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विप्लव समूहका मकवानपुर इञ्चार्ज ज्वाला पक्राउ

हेटौंडा - सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर जिल्ला इञ्चार्जसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार जिल्ला इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राति उनीहरुलाई पक्राउ गरिएकाे हो। प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन।

यसअघि मकवानपुर प्रहरीले विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर हिरासतमा राखी विभिन्न मुद्दा चलाएको छ ।

प्रकाशित: २९ चैत्र २०७५ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App