coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ललितपुरमा दोस्रो ललित अन्तर्राष्ट्रिय मेला

ललितपुरको पुल्चोक, नटोलमा बुधबारदेखि सुरु दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ। मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए। मेलामा भारत, पाकिस्तान, बंगलादेश, चीनलगायत देशका उत्पादित लत्ताकपडा, दैनिक उपयोगी र सजावटका गरी ३० स्टल छन्। यसबाहेक अन्य हस्तकला, लत्ताकपडा, पस्मिना, धाुतकलासहितका करिब ७० वटा स्टल राखिएको छ। विभिन्न महिला समूहले उत्पादन गरेका सामग्री पनि प्रदर्शन र बिक्री वितरणका लागि राखिएको छ।

संघको ५२ औं स्थापना दिवस र हरेक वर्ष निरन्तर मेला आयोजना गर्ने नीति अनुरूप सो मेला आयोजना गरिएको संघका कार्यकारिणी सदस्य एवं प्रचारप्रसार संयोजक मिलन शाक्यले जानकारी दिए। कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारको आफ्नो स्रोत, वैदेशिक लगानी र निजी क्षेत्रको लगानीसँगै जनतामा रहेका स–साना पु“जी संकलन गरेर गरिने लगानीलाई उच्च प्राथमिकता दिनुपर्ने बताए। ठूल–ठूला उद्योग, कलकारखानाको स्थापना, जलविद्युत निर्माण, व्यावसायिक तथा आधुनिक कृषि प्रणालीको विकास, पर्यटनको व्यवसायीकरण र पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्नेमा उनको जोड थियो।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुर जिल्ला  राजधानीसँगै जोडिएको जिल्ला भए पनि आर्थिक विकास र पूर्वाधारको दृष्टिले पछाडि परेको बताए। सरकारले हालै सम्पन्न लगानी सम्मेलनमा सोकेसमा प्रस्तुत गरेका ७७ परियोजनामा ललितपुरको एउटा पनि परियोजना नपरेको उनको भनाई छ। उनले भने, ‘ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि पर्यटकीय पूर्वाधार, होटेल, केबुलकार, साहसिक पर्यटन, हस्तकला क्षेत्रमा लगानीका लागि थुप्रै परियोजना अघि सार्न सक्थ्यौं। ललितपुरको एउटा पनि परियोजना नहुनु मुलुककै लागि दुर्भाग्यपूर्ण छ।’ अध्यक्ष महर्जनले भीमसेन मन्दिर पुनर्निर्माणका लागि स्रोत जुटाउने क्रममा रहेकाले सो कार्यका लागि आवश्यक सहयोग गर्न पनि आग्रह गरे। सो मन्दिर पुनःनिर्माणका लागि ५ करोड रूपैया“ लाग्ने संघले जनाएको छ। संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले हस्तकला क्षेत्रमा संकटमा परिरहेको समयमा वल्र्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणा गरिएको उल्लेख गर्दै घोषणा अनुरूप ललितपुर महानगरपालिकाले ठोस काम गर्नुपर्ने बताए।

प्रकाशित: २९ चैत्र २०७५ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App