coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘टिआरसी आयोग हात्तीको देखाउने दाँत’

काठमाडौं – सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) सरकारको देखाउने दाँत मात्र भएकाले कुनै पनि काम गर्न नसकेको आयोगकी सदस्य मञ्चला झाले बताएकी छन्। पदाधिकारी बीचको बेमेल, राजनीतिक दबाब र सरकारको उदासीनताका कारण काम हुन नसकेको भन्दै ‘आयोग हात्तीको देखाउने दाँत’ जस्तै भएको उनले टिप्पणी गरिन्।

उनले सत्य निरूपण गर्नुको सट्टा आयोगभित्रै पदाधिकारीबीचको आन्तरिक टसलले काम हुन नसकेको गुनासो गरिन्। शनिबारदेखि पदाधिकारीको समय सकिँदै गर्दा झा एक्लैले बिहिबार पत्रकार भेटघाट गर्दै राजनीतिक इच्छाशक्तिको अभाव हुँदा चारवर्षसम्म आयोगले परिणाममुखी काम गर्न नसकेको स्पष्ट पारिन्। ‘उद्देश्य एउटै थियो, एक ढिक्का हुन सकेनौं। पीडितलाई नै राजनीतिक व्यवहार गर्न थालियो,’ उनले भनिन्। आयोगमा पदाधिकारीबीच एकमत हुन नसकेको सधैं टिप्पणी हुँदै आएको थियो। आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासी खनालले राजीनामा दिइसकेका छन्। अध्यक्षात्मक पद्धतिमा चलेको आयोग अध्यक्षविहीन भएपछि दुई महिनासम्म कुनै काम नगरी सरकारलाई सामान्य प्रतिवेदनसमेत नबुझाई थप तीन सदस्यले बिदा लिँदैछन्।

आफूले आयोगबाट लिएको गाडीको साँचो सोमबार बुझाउने सदस्य झाले बताइन्। ‘बजेट, स्रोत साधन, ऐन र जनशक्ति अभाव भए पनि क्षेत्राधिकारभित्र रहेर पाँचजना पदाधिकारी मिलेको भए केही न केही दिन सक्थ्यौं,’ उनले भनिन्, ‘आयोगका लागि दूर्भाग्यपूर्ण हो।’ अब आउने पदाधिकारीका लागि आधार तय भएकाले केही सजिलो हुने उनको तर्क छ। अधिकांश पीडितको आसा परिपूरण, क्षतिपूर्ति, मेलमिलाप खोजेको उनले बताइन्। द्वन्द्वपीडितको असन्तुष्टि रहँदै आएको आयोगमा ६२ हजार ९५० उजुरी मात्र संकलन भएका छन्। आयोगले जम्मा ३७ सय उजुरीमाथि प्रारम्भिक अनुसन्धान मात्रै गरेको छ। सातैवटा प्रदेशमा खडा गरिएका मुकाम कार्यालय दुई महिनादेखि ठप्प छन्।

प्रकाशित: २९ चैत्र २०७५ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App