‘माफिया टुँडीखेल नै बेच्न सक्ने अवस्थामा छन्’

शुक्रबार, २९ चैत २०७५, ०७ : २३ नागरिक

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भूमाफिया टुँडीखेल नै बेच्नसक्ने अवस्थामा पुगेको बताएका छन्। काठमाडौं महानगरपालिका घेराउका क्रममा बिहीबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सार्वजनिक सम्पत्ति हडप्ने योजनामा सरकारमै सामेल दलका नेतादेखि माफिया समूहका व्यक्तिसम्म सक्रिय रहेको बताए।

‘गिरोहले सरकारी सम्पत्ति ललितानिवास हडप्यो, भोलि टुँडीखेल पनि कब्जा गर्न बेर छैन,’ थापाले भने, ‘राष्ट्रिय ढुकुटीमा ब्रह्मलुट हुँदा पनि सरकार मौन छ। यसविरुद्ध आम नागरिक जाग्ने बेला भयो।’ हायात, ललितानिवास, वाइडबडी जहाज खरिद, मेलम्चीलगायतका आयोजनामा अर्ब होइन, खर्बसम्मको घोटाला छ तर सरकार किन तिनका दोषीलाई कारबाही गर्दैन’, थापाले प्रश्न गरे, ‘२०४६ पछि सार्वजनिक पद धारण गरेका नेता÷कार्यकर्ता, कर्मचारीलगायतको सम्पत्ति छानबिन हुनुपर्छ, भ्रष्ट वा इमानदार को हो भन्ने स्पष्ट खुल्छ।’

बिहीबार राप्रपाले संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र स्थापनालगायत माग राख्दै पूर्वनिर्धारित विरोध कार्यक्रमअन्तर्गत ७ सय ५३ स्थानीय तह घेराउ गरेको थियो। विरोध कार्यक्रमअन्तर्गत अध्यक्ष थापाको नेतृत्वमा राप्रपाले सुन्धारास्थित काठमाडौं महानगरपालिका कार्यालयमा घेराउ गरेको थियो।








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad