८ वैशाख २०८१ शनिबार
खेल

आठौं राष्ट्रिय खेलकुद : विभागीय टोलीकै वर्चश्व

काठमाडौं–  आठौं राष्ट्रि खेलकुद प्रतियोगिताअन्तर्गत भएका खेलमा विभागीय टोलीको वर्चश्व देखिएका छ। प्रदेश ५ मा भइरहेका खेलममा विभागीय टोलीको वचश्वस देखिएको हो। प्रतियोगिताअन्तर्गत ४०औं राष्ट्रिय टेबलटेनिसको दोस्रो दिन प्रहरीले दुई स्वर्ण जितेको छ। प्रहरीले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण हात पा¥यो।

टिम इभेन्टमा प्रहरीले अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित ग¥यो। प्रहरीकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३–१ ले परारिजत गरिन्। दुई खेलमा जित हात पारेकी ७ पटककी राष्ट्रिय च्याम्पियन नविताले एफीएफका अनिता महर्जनलाई ३–० तथा सेलिशा खड्गीलाई ३–१ ले हराइन्। एक सिंगल्समा भने एपीएफकी सिक्का सुवालले प्रहरीकी मन्जु सुवालमाथि ३–१ को जित दर्ता गरिन्। आर्मी र प्रदेश ३ संयुक्त रूपमा तेस्रो भए।

 ाङको घोराही कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला डबल्सको फाइनलमा प्रहरीका भाउजु नविता र नन्द एलिनाको जोडीले आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–८ को सोझो सेटमा पाखा लगाए। प्रदेश ५ का गीता अर्याल र अमृता थापा तथा एफीएफका सेलिशा खड्गी र सिक्का सुवालको जोडी तेस्रो बने।

बास्केटबलमा पनि विभागीय टोली कै जित

१६ औं राष्ट्रिय पुरुष बास्केटबलमा तीनै विभागीय टिम (प्रहरी, एपीएफ, आर्मी) ले बिहीबार विजयी सुरुआत गरेका छन्। प्रहरीले कर्णाली प्रदेशलाई ९३–२९, एपीएफले प्रदेश ५ लाई ७४–४० र आर्मीले गण्डकी प्रदेशलाई ७८–३६ ले पराजित गरे।

घोराहीको सालघारीमा भइरहेको प्रतियोगिताको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश २ लाई ६५–२१ ले हरायो।आठौँ राष्ट्रिय बास्केटबललाई देशको गौरवका रुपमा लिदै खेलाडीहरुलाई अनुशासित रूपमा खेल प्रदर्शन गर्न आग्रह गरे। पुरुषतर्फ १० टिमलाई २ समूहमा राखेर लिग कम नकआउट आधारमा खेल खेलाइएको छ। १५ औं महिला राष्ट्रिय बास्केटबल भने चैत ३० गतेदेखि मात्र सुरु हुनेछ। महिलामा ८ टिम सहभागी छन्।

हक्कीको पुरुषमा नेपाल प्रहरी

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरी विजयी भएको छ। पहिलोपटक हक्कीमा सहभागिता जनाएको प्रहरीले गण्डकी प्रदेशलाई ५–० गोलले पराजित ग¥यो। सम्भव पाँचै गोल रोमन राणाको नाममा रह्यो। रोमन प्रहरीमा आवद्ध हुनुअघि गण्डकीबाटै खेल्थे। गत माघमा झापाको भद्रपुरमा भएको प्रथम गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीमा नेपाल आर्मीलाई हराउदै उपाधि जित्दा रोमन गण्डकी टिमका मुख्य सदस्य थिए।

अन्य खेलमा डिफेन्डिङ च्याम्पियन आर्मी र प्रदेश ७ ले सफलता पाए। आर्मीले प्रदेश २ लाई १–० गोलले हराउदै लगातार दोश्रो जित हात पा¥यो। राम शाहले निर्णायक गोल गरे। प्रदेश ७ ले कर्णाली प्रदेशलाई ३–० गोलले निराश पा¥यो। जितमा राम परियार, भीमदत्त भट्ट र कान्तुराम पनेरुले १–१ गोल योगदान गरे।

स्क्वास : भावना र कृष्णाको दोहोरो जित

११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्सको राउन्ड रोविन लिगमा प्रदेश ३ की भावना सुनुवार र गण्डकीकी कृष्णा थापाले बिहीबार दोहोरो जित हात पारेका छन्।  भावनाले गण्डकीकी सालिनी घिमिरेलाई ११–२, ११–० र ११–१ तथा प्रदेश ३ की स्वास्थानी श्रेष्ठलाई ११–५, ११–४ र ११–७ को सोझो सेटमा पराजित गरिन्। कृष्णाले आफ्नै प्रदेशकी सालिनीलाई ११–२, ११–० र ११–१ तथा प्रदेश ३ की मन्जिला मगरलाई ११–३, ११–२ र ११–३ को सीधा सेटमा हराइन्। प्रदेश ३ की विपना ब्लोनले आफ्नै प्रदेशकी मन्जिलालाई ११–१, ११–४ र ११–४ को सोझो सेटमा पन्छाइन्।
 
पुरुष सिंगल्समा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा प्रदेश ३ का राजेन्द्र शाक्यले त्यसै प्रदेशका प्रवीणवीर सिंह कंशाकार तथा प्रदेश २ का दीपक थापाले गण्डकीका अमृत थापा मगर विरुद्ध प्रतिस्पर्धा गर्ने छन्।

 क्वाटरफाइनलमा राजेन्द्रले प्रदेश ३ का अमिर ब्लोनलाई ३–११, ११–२, ११–३ र ११–६, दीपकले प्रदेश १ का निशान्त अग्रवाललाई ११–६, ११–५, ५–११ र ११–६, अमृतले एपीएफका उमिद शाक्यलाई ११–५, ११–२ र ११–८ तथा प्रवीणले एपीएफका विक्रम मगरलाई ११–९, ११–२ र ११–२ को सेटमा पाखा लगाए।

लनटेनिस : आर्मी र एपिएफलाई स्वर्ण

बुटवलमा जारी लन टेनिस खेलमा बिहीबार दुई स्वर्णको टुगो लागेको छ। देविनगरस्थित लन टेनिस कोर्टमा बिहीबार भएको टिम ईभेन्ट तर्फको खेलमा नेपाली सेना र शस्त्र प्रहरी बलको एपीएफ क्लबले १–१ स्वर्ण हात पारेका छन्।
टिम ईभेन्टतर्फको महिलामा नेपाली सेना र पुरुषमा एपीएफले स्वर्ण जितेका हुन्।

पुरुष टिम ईभेन्टमा शसस्त्र प्रहरी एपिएफले नेपाली सेनलाई ३–० ले सेटमा पराजित गर्दै स्वर्ण जितेको छन्। नेपाली सेना दोस्रो हुदै रजत पदकमा चित्त बुझाएको छ भने प्रदेश नम्बर ४ र एनआरएनको टिम तृतिय हुँदै कास्य पदक पाएको छ। यसैगरी महिला टिम ईभेन्टतर्फ नेपाली सेनाले शसस्त्र प्रहरी बलको एपीएफलाई २–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो। एपिएफ क्लब रजत पदकमा चित्त बुझाएको छ।

प्रतियोगितामा प्रदेश नम्बर ३ र प्रदेश न ४ तृतिय हुदै कास्य पदकमा चित्त बुझाएको छ। यसैगरी बिहीबार खुल्ला इभेन्टतर्फ खेलहरु सम्पन्न भएका छन्। खुल्लाको मेन्स सिगलमा भीष्म काउचाले सन्जय श्रेष्ठलाई ७–५, ६–३, ७–६ पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

यसैगरी संरक्षकभुषण बज्राचार्यले दावा सोनाम शेर्पालाई ६–३, ६–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। यसैगरी नविन मगरले इवेक जोशीलाई ६–१, ६–१ सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन्। अर्को खेलमा संयक भुषण बज्राचार्यले निशान्त श्रेष्ठलाई ६–०, ६–० को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

बिहीबार नै भएको महिला सिगलमा पे्ररणा कोइरालाले एनी माथेमालाई ६–२, ६–२ को सेटमा पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेका छन्। यसैगरी रायना शाहले श्रीया भट्टराईलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन्।

यसैगरी बिहीबार नै भएको मेन्स डबल्सतर्फको खेलमा राम बहादुर विक र शेषमणि चौधरीको जोडीले निशान्त श्रेष्ठ र कुमार जिसीको जोडीलाई ७–५, ६–३, १०–६ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका छन्। यसैगरी चन्द्र थापा र विकास खड्काको जोडीले कृष्ण गोविन्द र शिवराम मगरको जोडीलाई ६–१, ६–१ ले सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

यस्तै, संरक्षक भुषण बज्राचार्य र अमृत पौडेलको जोडीले भीष्म काउचा र संजय श्रेष्ठको जोडीलाई ६–१, ६–३ को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन्।

प्रकाशित: २८ चैत्र २०७५ १४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App