७ वैशाख २०८१ शुक्रबार
खेल

सुदूरपश्चिमलाई हराउँदै एपिएफ सेमिफाइनलमा

सर्लाही– सुदूरपश्चिम–११ लाई हराउँदै सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ सर्लाहीमा जारी राजर्षि जनक कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको खेलमा सुदूरपश्चिम ११ लाई ४–० गोल अन्तरले हराउँदै एपिएफले सहज जित निकालेको हो। एपिएफका लागि खेलको २८ औं मिनेटमा जर्सी नम्बर ९ का प्रविप स्याङ्ताङले गोलको खाता खोले।

यस्तै, ४१औं मिनेटमा एपिएफका जर्सी नम्बर ४ का सुदीप सिखराकारले पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्दै खेललाई २–० मा पु¥याए। खेलको ५३औं मिनेटमा एपिएफका जर्सी नम्बर २६ का प्रदीप लामाले गोल गर्दै गोलअन्तर बढाए। 

एपिएफका लागि खाता खोलेका स्याङ्ताङले ८८औं मिनेटमा पुनः अर्को गोल थपेर टिमको जित सुनिश्चित गरे। खेलमा दुई गोल गरेका स्याङ्ताङ म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार हात पारे।

अब एपिएफको भेट वैशाख ३ गते रुस्लान थ्रीस्टार क्लब काठमाडौंसँग हुनेछ। शुक्रबार वीरगंज युनाइटेड वीरगंज र फ्रेण्डस क्लब काठमाडौंबीच प्रि–क्वाटरफाईनल खेल हुने आयोजक समितिका संयोजक दीपक लामाले जानकारी दिए।

 

प्रकाशित: २८ चैत्र २०७५ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App