६ वैशाख २०८१ बिहीबार
राजनीति

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता

रुकुम– रुकुम (पश्चिम)को ठूलीभेरी नदीमा बगेर एक युवा वेपत्ता भएका छन्। जिल्लाको आठबीसकोट नगरपालिका– ९ राडीका २२ वर्षीय अनिल शाह बुधबारदेिख नदीमा वेपत्ता भएको प्रहरीले जनाएको छ। नदीमा पौडी खेल्ने क्रममा उनी वेपत्ता भएको प्रहरीको भनाइ छ।

वेपत्ता भएका शाहको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको भए पनि अझैसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए।

प्रकाशित: २८ चैत्र २०७५ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App