७ वैशाख २०८१ शुक्रबार
राजनीति

सेनाको प्रवक्ता फेरिए

काठमाडौं– नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी विज्ञानदेव पाण्डेले पाएका छन्। जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक तथा सेनाको प्रवक्तामा पाण्डे नियुक्त भएका हुन्। 

प्रवक्ताको जिम्मेवारी सम्हाल्दै सहायक रथी पाण्डेले सबै संचार क्षेत्रबाट सहयोगको अपेक्षा रहेको बताए। उनले सञ्चार जगत र सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आफू प्रयासरत रहने बताए। यसअघि प्रवक्ताको जिम्मेवारीमा सहायक रथी यामप्रसाद ढकाल थिए। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

 

प्रकाशित: २८ चैत्र २०७५ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App