८ वैशाख २०८१ शनिबार
राजनीति

राजपाको महाधिवेशन स्थगित

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)को महाधिवेशन स्थगित भएको छ। आवश्यक तयारी पूरा नभएको भन्दै राजपा अध्यक्ष मण्डलको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। यसअघि राजपाले बैशाख ७ देखि ९ गतेसम्म आफ्नो एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो।

गत २०७४ बैशाखमा मधेस केन्द्रित ६ दल एक भई राजपा बनेको थियो। बिहीबार बसेको अध्यक्ष मण्डलको बैठकले अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ।

महाधिवेशनको मिति घोषणापछि राजपामा अन्तरिक कलह बढ्दै गएको थियो। विधानअनुसार अध्यक्ष मण्डलको नेतृत्व अध्यक्ष मण्डलमा रहेका ६ जनाले चक्रिय प्रणालीअनुसार गर्नुपर्ने उल्लेख छ।

तर लामो समयसम्म ठाकुर अध्यक्ष मण्डलको संयोजक भएको र मंसिरमा एक्कासी उनलाई बहुमतको आधारमा संयोजकबाट हटाइएपछि विवाद उत्कर्षमा पुगेको थियो। राजपामा कुनै निर्णय गर्न अध्यक्ष मण्डलका सबै सदस्यको सहमति अनिवार्य छ। समयमा महाधिवेशन नगरेको भन्दै राजपालाई यसअघि नै निर्वाचन आयोगले पत्र काटिसकेको छ। 

 

प्रकाशित: २८ चैत्र २०७५ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App