७ वैशाख २०८१ शुक्रबार
अर्थ

१५ अर्ब रिपो जारी गर्दै सरकार, बैंकसँग २९ अर्ब तरलता

काठमाडौं–बैंकिङ प्रणाली गहिरिदै लगानी गएको योग्य पुँजी अभाव टार्न राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंकले आज चैत २८ गतेदेखि वैशाख ५ गतेसम्म एक साताको लागि रिपो जारी गर्न लागेको हो। राष्ट्र बैंकले बजारमा पैसा अभाव हुँदा रिपो जारी गर्ने गर्दछ। यदि बजारमा तरलता बढि देखियो भने रिभर्स रिपोमार्फत पैसा खिच्ने गर्दछ।

रिपो खरिद गर्न चाहने बैंक तथा वित्तीयले पाँच प्रतिशतभन्दा माथि ब्याज कबुल गर्नुपर्ने हुन्छ। अन्तर बैंक ब्याज दरलाई सीमामा ल्याउन रिपो जारी गरेको हो। हाल अन्तर बैंक ब्याज दर ५.३४ प्रतिशत रहेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुनकर भट्टले जानकारी दिए।

हाल बैंकहरू तरलता अभावमा छट्पट्टी रहेका छन्। बैंकहरूको सीसीडी रेसियो ८० प्रतिशतको हाराहारीमा रहेको छ। बैंकहरू तरलता अभावमा छट्पटाइ रहेका छन्।

‘अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा माथि जाने वित्तीकै हामी रियो जारी गरेर बजारमा पैसा पठाउँछौं,’ उनले भने ‘यहिले तरलतामा दवाव छ।’ तरलता छदैछैन भन्ने अवस्था छैन। हाल अनिवार्य नगद अनुपात (सीआरआर) बाहेक २९ अर्ब तरलता बैंकहरूसँग छ। 

सरकारले आम्दानी करको दोस्रो किस्ता चैतमा उठाउँछ। त्यसैले बैंकमा अभाव हुन सक्ने भन्दै पैसा पठाइएको हो। यो अवधि भनेको सरकारी खर्च हुने बेला आएको छ। यसले तरलता सहज हुने अनुमान गरिएको छ।

 

 

प्रकाशित: २८ चैत्र २०७५ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App