७ वैशाख २०८१ शुक्रबार
समाज

म्याद नाघेका खाद्यवस्तु नष्ट

बजार अनुगमन गर्दै जिल्ला बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल । फोटोः जनक शाही, हुम्ला ।

हुम्ला- हुम्लाको सदरमुकाम सिमकोट बजारमा म्याद गुज्रेका सामान बेच्ने गरेको पाइएको छ। जिल्ला बजार अनुगमन समितिले बिहीवार गरेको अनुगमनमा पाइएका म्याद गुज्रेका खाद्यवस्तु नष्ट गरिएको छ। समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलका अनुसार बजार अनुगमनमा दुई तीन वर्ष पुराना खाद्यवस्तु पाइएका हुन्।

सम्बन्धित निकायबाट नियमितरूपमा अनुगमन नगर्दा यस्तो भएको स्थानीय व्यापारीले बताएका छन । बजारमा म्याद गुज्रेका खाद्यवस्तुको बिक्री वितरण भइरहेको जनगुनासो बढेपछि सिमकोट बजारमा रहेका पसल र होटलहरूमा अनुगमन गरिएको थियो। अनुगमन क्रममा भुजा, मसला, सुर्ती जन्य बस्तु, चिजबल, चक्लेट र बिस्कुट लगायत खाद्यवस्तु म्याद नाघेको अवस्थामा फेला परेका हुन्। स्थानीय उपभोक्तालाई झुक्याएर उक्त खाद्यवस्तुको बिक्री वितरण गर्ने गरेको पाइएकाले ब्यक्तिहरूलाई सचेत गराउँदै उक्त सामान जफत गरी नष्ट गरिएको अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए।
सदरमुकाम सिमकोटका १ सय ६६ वटा पसल र होटलको अनुगमन गरेको हो  । जसमा ६६ वटा पसल र ४८ वटा होटलहरू आन्तरिक राजश्व कार्यालयमा दर्ता भएका र ६२ वटा पसलहरू आन्तरिक राजश्व कार्यालयमा दर्ता नभएका पाएका छन्। दर्ता नभएका पसलहरूलाई १५ दिन भित्र दर्ता गराउन अनुगमन टोलीले निर्देशन दिएको छ ।

प्रकाशित: २८ चैत्र २०७५ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App