coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सोलुका संगीतकर्मी श्रीमानको मृत्यु

सोलुखुम्बु,– पूर्वको हिमाली जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ पोखरेमा जन्मेका संगीतकर्मी श्रीमान् (थुलुङ ) राईले आफ्नो कर्मथलो पश्चिम पोखरा बनाए। सङ्गीत साधनमा अनवरत अघि बढेका उनै श्रीमान् अब यो संसारमा रहेनन्।

गायक तथा सङ्गीतकमर्मी र प्रशिक्षक समेत रहेका उनको बुधबार राति पोखरामा स्कुटर दुर्घटनामा ज्यान गयो। थुलुङ सवार ग १२ प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएको थियो। स्कुटर दुर्घटनापछि उनी नहरमा खसेका थिए।

साढे ९ बजे नहरमा खसेका उनी करिब एक घण्टा पछि मात्रै दुइकुलाको मुहानमा भेटिएका थिए। उनलाई तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरे । स्कुटरमा सँगै रहेकी उनकी श्रीमती भने सकुशल छिन्। ५० वर्षीय थुलुङ २०५४ सालमा उनी पोखरा छिरेका थिए।

सुरुमा रेष्टुरेन्टमा गीत गाएर गुजारा चलाउने उनले सङ्गीतकार नवराज बरालसँगको भेटपछि सङ्गीत प्रशिक्षकका रुपमा काम गर्न थालेका थिए । उनले स्थानीय सयपत्री सङ्गीत प्रशिक्षण केन्द्रमा ९ वर्ष सङ्गीत प्रशिक्षकका रुपमा काम गरे। त्यसपछि आफ्नै तराना म्युजिक सेन्टरको स्थापना गरे। उनले गायन सहित बाध्यवाधनको समेत प्रशिक्षण दिन्थे। उनका सगरमाथा, हृदयमा जवानीको, प्यारो प्यारो त्यो तिम्रो साथ, म मरी गए भने लगायतका आधादर्जन गीत रेकर्ड भएका छन्। उनको निधनसँगै नेपाली सङ्गीतले एक सच्चा साधक गुमाएको छ।

 

प्रकाशित: २८ चैत्र २०७५ ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App