रत्न मन्दिर र हिमागृह खुल्ला गरौं : सांसद पाहारी

बिहिबार, २८ चैत २०७५, १० : ०८ नागरिक

पोखरा- गण्डकी प्रदेशका सांसद राजीव पाहारीले पोखरा लेकसाइडको रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गर्नुपर्ने बताएका छन्। संघीय सरकारको मातहतमा रहेको उक्त दुई स्थान खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताएका हुन्। उक्त दुई स्थानलाई खुल्ला नगरेसम्म आन्तरिक तथा वाह्य पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि नहुने उनको भनाई छ। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने संघीय सरकारको लक्ष्य प्राप्तिका निम्तिपनि सो आवश्यक भएको उनले बताए।

    फेवाताल पुरिदै गएको तर्फ इंगित गर्दै पहारीले ताललाई पोखरी हुनबाट बचाउन सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको मापदण्डको विषय चाँडै प्रष्ट पारिने बताए। प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष दुवैको माध्यमबाट पोखराको पर्यटनले नयाँ उचाई लिने गरी तीव्र गतिमा काम अगाडि बढाउन सरकारलाई आग्रह गरे। सांसद पहारीले पोखरा पर्यटन परिषद र पर्यटन सम्वद्ध विभिन्न १२ वटा संघ संस्थाहरूले बिहीबार पोखरामा नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान कार्यक्रममा बताएका हुन्।
    उक्त कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दूकुमार थापाले २०७६ साललाई नेपाल र नेपालीको समृद्धिको निम्ति माइल स्टोन वर्ष को रूपमा उपयोग गर्नुपर्ने बताए। अर्का सांसद रामजी बराले पोखरालाई सम्पूर्ण गण्डकी प्रदेशको मात्रै नभई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरोकारवाला सबै पक्षहरू लागी पर्नु पर्ने बताए। पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषदका संस्थापक अध्यक्ष अशोक पालिखे, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, परिषदका महासचिव डिल्लीप्रसाद गौतम लगायतले बोलेका थिए।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad