७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटनामा परी पूर्व सासंदसहित ३ जनाकाे मृत्यु

गुल्मी - गुल्मीमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा पूर्व सासंद सहित ३ जनाको मृत्यु भएको छ।

जिल्लाको मुसिकोट नगरपालिका १ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटना हुँदा धुर्कोट गाउँपालिका वस्तु निवासी ७२ वर्षीय पूर्व सासंद रुद्रमणि शर्मा भण्डारी सहित अन्य २ जनाको ज्यान गएको हो।

दुर्घटनामा मालिका गाउँपालिका १ का ८ बर्षीय ओस्कर विक र मालिका गाउँपालिका २ की २६ वर्षीया कोशीला थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए। खड्काका अनुसार भण्डारी र विकको घटनास्थलमै ज्यान भएको हो भने थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा वाटोमा मृत्यु भएको हो।

मालिका गाउँपालिका २ दर्लिङ्गबाट बुटवल जाँदै गरेको जिप बिहीबार बिहान सडकबाट करिब १ सय ३० मिटर तल खसेको थियो। जिपमा १० जना सवार थिए। जिपमा सवार अन्य ७ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य वहादुर थापा, सोही स्थानकै गाडी चालक ३६ वर्षीय कमल पुरी, मालिका २ कै ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस रहेका छन्। त्यस्तै मुसिकोट नगरपालिका १ का ४० बर्षिय भोज बहादुर भट्टराई र मुसिकोट नगरपालिका वडा नम्बर १ कै ३८ वर्षीया रिमा भट्टराई पनि घाइते रहेका छन्। घाइतेहरुको लुम्बिनी मेडिकल कलेज परवास पाल्पामा उपचार भैरहेको छ।

प्रकाशित: २८ चैत्र २०७५ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App