coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

विक्रान्तको ‘नक्कले मोरा’

काठमाडौं –  गायिका मेलिना राई र विक्रान्त मेहताको स्वरमा रहेको नयाँ गीत ‘नक्कले मोरा’ सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ। सान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक मेहता र एलिशा राई फिचर्ड छन्। राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायांकन छ। अर्जुन तिवारी डिओपी रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ। भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन्। सार्वजनिक उक्त गीतको एरेन्जर साहाश शाक्य हुन भने मिक्सिङ किशोर थापाले गरेका हुन्। मनोज जोशी प्रोडक्सन मेनेजर रहेको उक्त भिडियोमा सामा लामाले मेकअप गरेकी छिन्।

प्रकाशित: २८ चैत्र २०७५ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App