८ वैशाख २०८१ शनिबार
कला

कीर्तिपुरमा पार्क निर्माण गर्न मूर्ति बनाउँदै कलाकाहरु

काठमाडौं – कीर्तिपुर नगरपालिका प्रवेश गरेलगत्तै उत्तरतर्फ लाग्ने बाटोको छेउमा एक हुल मानिसहरु भेला भएर ढुंगाहरुमा विभिन्न आकृति कोर्दै छन्। कोही ढुंगामा कोदेर नयाँ आकार दिन व्यस्त छन्, कोही ढुंगा सफा गर्दैछन् र कोही धुलोबाट बच्न माक्स खोज्दैन्। यो दृश्य कीर्तिपुर नगरपालिकाको स्थापना दिवसको दिन चैत १४ देखि कीर्तिपुरमा निर्माण हुन लागेको ‘युद्ध स्मारक पार्क’ को लागि आयोजना भइरहेको मूर्तिकला कार्यशालामा सहभागि कलाकारहरुको हो।
१२ दिने कार्यशालामा सहभागि भएका कलाकार चन्द्रश्याम डंगोल ठूलो ढुंगामा हम्मर र छिनाले बाघभैरवको आकृति बनाइरहेका रहेका छन्। मूर्तिको व्याख्या उनी भन्छन्,‘युद्धको क्रममा मारिएका योद्धाहरुको सम्झनामा गर्दै निर्माण हुन लागेको यो पार्कमा मैले सेतो ढुंगामा बाघभैरवको मूर्ति तयार गरेको छु। शान्तिको सन्देश दिने उदेश्यले सेतो ढुंगाको प्रयोग गरेको हुँ। यो कामको लागि मलाई पाँच महिना आवश्यक पर्छ। तर, १२ दिनको कार्यशालाका मूर्ति तयार भइसक्नुपर्ने बाध्यता छ,’उनी भन्छन्। चोभारमा निर्माण भइरहेको मन्जुश्रीको मूर्ति निर्माण समितिमा उनले र्कीतिपुरमा महत्व रहेको बाघभैरवको आकृति धार्मिक रुपमापनि महत्व रहेको प्रतिक्रिया दिन्छन्।
अर्का इलामका मूर्तिकार राजु पिठाकोटेले कीर्तिपुरको महिला योद्धा ‘कीर्तिलक्ष्मी’ अनुहारको मूर्ति तयार गरेका छन्। उनका अनुसार कीर्तिको योगदानको कदर गर्दै कीर्तिपुर नामकरण भएका हो। ‘कीर्तिपुर युद्धको दौरान अधिकांश पुरुष योद्धाहरु मरेपछि ‘र्कीतिलक्ष्मी’ ले युद्ध गरेको मिथक अहिलेसम्म चर्चामा छ। त्यसै मिथकमा आधारित रहेर उनीप्रति सम्मान दिदैं उनको अनुहारको मूर्ति तयार गरिरहेको छु। र्कीतिपुरबासीहरु उनीलाई साहसी योद्धाको रुपमा सम्झन्छन्,’उनले भने। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान अन्तर्गत मूर्तिकला विभागको नेतृत्वमा भइरहेको कार्यशालामा देशभरबाट २५ जना कलाकारहरु युद्ध र शान्तिलाई केन्द्रित गरेर कीर्तिपुरको महत्व झल्काउने मूर्तिमा तयार गरिरहेका छन्। उनीहरूलाई पाँच सहयोगी कलाकारहरुले साथ दिएका छन्।

पृथ्वीनारायण शाहले र्कीतिपुरमा आक्रमण गर्दा भएको युद्ध क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले र्कीतिपुर नगरपालिकाले ‘युद्ध स्मारक पार्क’ बनाउन लागेको हो। ‘पृथ्वीनारायण शाहले र्कीतिपुरमा आक्रमण गरेको इतिहासलाई सम्झँदै युद्ध स्मारक पार्क बनाउन लागिएको हो। तत्काल युद्धको क्रममा प्रयोग भएको ५४ रोपनी भू–भागमा युद्ध स्मारक पार्कमा ढुंगाका मूर्तिहरु राखिनेछन्,’र्कीतिपुर नगरपालिकाका मेयर रमेश महर्जनले भने,‘भिरालो जंगलमा निर्माण हुन लागेको युद्ध स्मारकलाई पर्यटकको आकर्षण केन्द्र बनाउन लागिपरेका हौं।’कार्यशालामा राजन काफ्ले, इन्दिरा श्रेष्ठ, गोविन्द चौधरी, गंगाधर सारु, लालकाजी लामा, राजु पिठाकोटे, यामबहादुर थापा, चन्द्रश्याम डंगोल, विकास थारु, अनमारी तामाङ, कमलेश महर्जन, कुमार थापा, चन्द्रमणि मगर, विशाल सारु, लक्ष्मण भुजेल, शिवप्रसाद न्यौपाने, हरिराम अधिकारी र राजन महर्जन लगायत कलाकारहरु सहभागि छन् । पार्क निर्माणमा डेढ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यशाला बुधबारसम्म चल्नेछ ।
ढुंगाहरु गुणस्तरीय नभएको कलाकारहरुको गुनासो
काठमाडौ — कीर्तिपुर नगरपालिकामा निर्माण भइरहेको ‘युद्ध स्मारक पार्क’ का लागि मूर्ति बनाउने प्रयोग भएका ढुंगाहरु गुणस्तरीय भएको गुनासो कार्यशालामा सहभागि कलाकारहरुले गरेका छन्। पार्क निर्माणको लागि भिरालो जंगलबाट निकालिएका ढुंगाहरु प्रयोग हुँदा धेरै मूर्तिहरु चर्किएको जानकारी सहभागि कलाकारहरुले दिएका छन्। र्कीतिपुरको भौगोलिक पाटोलाई केन्द्रित गरेर मूर्ति तयार गरिरहेका कलाकार कुमार थापा ढुंगा नराम्रो हुँदा मूर्ति चर्किएको बताउँछन्। ‘हत्तारमा कार्यशालाको आयोजना गर्दा ढुंगाहरु नराम्रो परेका छन्। अधिकांश ढुंगाहरु जंगल खनेर निकालिएका हुँदा सोचेअनुसारको मूर्तिहरु बन्न सकेका छैनन्,’उनले भने। ढुंगाअनुसार मूर्ति तयार गर्नुपर्ने हुँदा आकृति कुँद्न गाह्रो भएको गुनासो कलाकार गोविन्द चौधरीले गरे। ‘ढुंगाहरुमा फलामको मात्रा धेरै मिसिएको हुँदा आकृति कुँद्न गाह्रो भएको हो।’ आयोजक र्कीतिपुर नगरपालिकाका सदस्यहरुका अनुसार ढुंगाबारे जानकारी कम भएकाले कलाकारहरुलाई गाह्रो भएको हो।

प्रकाशित: २८ चैत्र २०७५ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App