७ वैशाख २०८१ शुक्रबार
समाज

भारतमा बरामद ३३ किलो सुन नेपालबाट नलगिएको दाबी

काठमाडौं - भारतीय प्रहरीले गत पुसमा बरामद गरेको ३३ किलो सुन नेपालबाट गएको नभई भुटानबाट आएको दाबी गरेको छ। भारतीय राजस्व अनुसन्धान विभागले दिएको जानकारीअनुसार सो परिमाणको सुन नेपालबाट लगिएको नभई भुटानबाट तस्करी भई भारत आएको हो। कोलकाताको राजस्व अनुसन्धान विभागका वरिष्ठ अनुसन्धान अधिकृत तुषारकान्ती विश्वासले दिएको प्रतिवेदनमा बरामद ३३ किलो सुन भुटानको बाटो हँुदै भारत भित्रिएको र सुन ल्याउने व्यक्ति पनि भारतीय नै भएको उल्लेख छ।

३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिले भने भारतमा पक्राउ परेका व्यक्ति र बरामद भएको ३३ किलो सुन नेपालबाटै लगिएको दाबी गरेको थियो। तर २०१८ डिसेम्बर ८ मा कोलकाता प्रहरीले माथिल्लो निकायमा दिएको अनुसन्धान विवरणअनुसार पक्राउ परेका राकेशप्रसाद सिंह दार्जिलिङ र हेमकुमार शर्मा भने बिहार स्थायी घर भएका व्यक्ति हुन्। राकेश र हेमकुमार पक्राउ परेपछि विघटित सुन समितिले त्यो सुन नेपालबाटै लगिएको र पक्राउ परेका व्यक्ति पनि सुन तस्कर नै भएको जनाएको थियो।

त्यतिबेला छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले भारतमा पक्राउ परेका व्यक्ति र सुनको परिणाम हेर्दा नेपालबाटै लगिएको हुन सक्ने आशंका व्यक्त गरेका थिए। तर उनले त्यहाँको अनुसन्धानलाई नहेरी त्यस्तो बताउँदा नेपाली सञ्चारमाध्यममा समेत भारतमा बरामद सुन नेपालबाटै लगिएको र पक्राउ परेका व्यक्ति पनि समितिको अनुसन्धान प्रतिवेदनमा उल्लेख भएका व्यक्ति नै रहेको बताइएका थियो।

सरकारलाई अनुसन्धान समितिले बुझाएको सात सय ५२ पृष्ठको प्रतिवेदनमा दुई सय ९२ व्यक्तिमाथि थप अनुसन्धान गर्नुपर्ने उल्लेख छ। तीमध्ये राकेशप्रसाद पाँचौं नम्बर र हेमकुमार ४४औं नम्बरमा उल्लेख भएका नाम हुन्। समितिको फरार सूचीमा रहेका ती नाम गरेका व्यक्तिको स्थायी ठेगाना नेपालको सुनसरी उल्लेख छ। तर भारतीय प्रहरीले उनीहरूको ठेगना भने दार्जिलिङ र बिहार उल्लेख गरेको छ। यस्तो जानकारी प्राप्त भएपछि उनीहरूबारे नेपाली पक्षले चासो राखेको छ। गृह मन्त्रालयले यस विषयमा अनुसन्धान गर्न महावाणिज्य दूतावास र अनुसन्धान समितिलाई आपसमा समन्वय गर्न भनिसकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २०७४ माघ पहिलो साता भित्रिएको साढे ३३ किलो सुन हराइरहेको थियो।

नेपाली अधिकारीहरूले भारतमा बरामद भएको सुन नेपालबाट हराएको हुन सक्ने भन्दै अनुसन्धान थालेका थिए तर भुटानबाट भारत गएको पत्ता लागेपछि सो समितिका अधिकारीहरू चुपचाप बसेका हुन्। सरकारलाई अनुसन्धान समितिले बुझाएको सात सय ५२ पृष्ठको प्रतिवेदनमा दुई सय mमाथि थप अनुसन्धान गर्नुपर्ने उल्लेख छ। भारतीय प्रहरीले पश्चिम बंगालको धनकुनीमा ३३ किलो सुनसहित उनीहरूलाई पक्राउ गरेको थियो।

सरकारले गत वर्ष अनुसन्धानका लागि २०७४ चैत २० मा सहसचिव पौडेलको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। समितिका अनुसार चूडामणि उप्रेती (गोरे) ले सुन हराएपछि सबैभन्दा बढी आशंका मोहन काफ्लेलाई गरेका थिए। समितिले भारतमा पक्राउ परेका दुवैजना काफ्लेसँग नजिकको सम्बन्ध भएका व्यक्ति भएको दाबी गर्दै आएको थियो। ती व्यक्तिबारे काफ्लेले समितिमा बयानसमेत दिएका थिए। भारतीय प्रहरीले भारतीय राजस्व अनुसन्धान विभागलाई सात पृष्ठ लामो प्रतिवेदन लेख्दै नेपालबाट सुन नआएको र बरामद गरिएको सुन भुटानबाट तस्करी भई भारत आएको तथा पक्राउ परेका व्यक्ति पनि भारतीय नै भएको उल्लेख गरेको थियो।

२०७३ पुस २१ मा पनि विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन बरामद भएको थियो। प्रहरी अधिकारीले संगठित सुन तस्करीका मुख्य योजनाकार गोरेको मूलथलो झापा भएको र पक्राउ परेकाहरू पनि छिमेकी जिल्लाका भएकाले उनीहरूबीच केही सम्पर्क हुनसक्ने आशंका गरेका थिए।

प्रकाशित: २८ चैत्र २०७५ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App