coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कुस्तीवाज सरोजको विजयी सुरुआत

प्रदेश–२ का सरोज यादवले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तग १४औं राष्ट्रिय कुस्ती प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। जिल्लाको वाणगंगा नगरपालिकाको बुङ्चीस्थित सिद्धार्थ क्याम्पसको सभाहलमा १२औं सागका कास्ंय पदकधारी सरोजले ६५ केजी तौलमा सुदूर प्रदेशका कैलास ठगौनालाई पराजित गरे। नेपाल प्रहरीका रितेशप्रसाद यादवले त्रिभुवन आर्मीका अदीप खड्कालाई र प्रदेश–३ का शैलेन्द्रकुमार यादवले प्रदेश–१ का कुमार आचार्यलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको नेपाल कुस्ती संघका महासचिव विद्यासागर पोखरेलले जानकारी गराए।

अर्को चरण प्रवेश गर्ने क्रममा पुरुष ५७ केजी तौलमा आर्मीका तीलकबहादुर देउजाले प्रदेश–५ का शिबकुमार यादवलाई पराजित गरे। प्रदेश–२ का नरेश यादवले प्रहरीका धर्मेन्द्र यादवलाई तथा सुदूर प्रदेशका पारश चन्दले प्रदेश–१ का कमलदेव यादवलाई पराजित गरे। ६१ केजीमा सुदूर प्रदेशका अर्जून गुरुङ, प्रदेश–३ का जादुलाल यादव, पुलिसका भागवत शाह र  प्रदेश–५ का भुनेश्वर यादवले पनि जित निकाले। अर्जूनले प्रदेश–१ का आनन्द राजबंशी, जादुले आर्मीका अर्जून बोहरा, भागवतले सुदूर प्रदेशका सुरज थापामगर र भुनेश्वरले प्रदेश–२ का जयमंगल यालवलाई हार चखाए। कुस्तीमा सातमध्य ६ वटा प्रदेश र दुई विभागीय टोलीको सहभागिता छ। प्रतियोगितामा गण्डकी प्रदेशले सहभागी भएको छैन। प्रतियोगिता लिगको आधारमा खेलाइनेछ। सहभागिता नभएको आयोजकले जनाएको छ। चैत्र २९ गतेसम्म चल्ने खेलमा महिला र पुरुष सहभागी छन्। कुस्तीका मुख्य प्रशिक्षक मुमताव अलि इद्रिसकाअनुसार कुस्तीमा ५१ महिला र ८० जना पुरुष खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। कुस्ती खेलका लागि फिला प्रमाणित म्याट कभर प्रयोग गरिएको उनले जनाए। यस्तो म्याट नेपालमा पहिलोपटक प्रयोग गर्न थालिएको उनको भनाई छ।

लनटेनिसमा एनआरएनएको आशलाग्दो सुरुआत
रुपन्देही- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रुपन्देहीमा बुधबारबाट सुरु भएको लनटेनिस प्रतियोगिताको उद्घाटन खेलमा पहिलोपटक सहभागी भएको एनआरएनएको राम्रो सुरुआत भएको छ। एनआरएनएका सम्यकभुषण बज्राचार्य प्रदेश–५ का भीष्म काउचालाई ६–०, १–६ को सेटले हराउँदै दोस्रो चरणमा प्रवेश गरेका छन्। बुधबारै सम्पन्न अर्को खेलमा एनआरएनएकै दावा शेर्पाले प्रदेश–५ का सञ्जय प्रकाश श्रेष्ठलाई ६–२, ६–० को सेटमा पराजित गर्दा युगलतर्पm दावा शेर्पा र अमृत पौडेलको जोडीले अनिल सेन्चुरी र रामबहादुर बिकको जोडीलाई ६–४, ६–३ को सेट हराए।

टिम इभेन्टमार्फत एपिएफ जितेन्द्र परियारले प्रदेश–३ का शिवराम मगरलाई ६–०, ६–० को सोझो सेटमा हराए। एपिएफकै सन्तोष खत्रीले कृष्ण गुरुङलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दा आत्माराम खत्री र सेवाङ लामाको जोडीले निसान श्रेष्ठ र युवक जोशीको जोडीलाई ६–३, ६–३ को सेटमा स्तब्ध पारे। आर्मी र प्रदेश–३ बीचको टिम इभेन्टमा आर्मीले ३ वटै स्पर्धामा बाजी माग्यो। आर्मीका इरा रावतले प्रदेश–३ का रायना शाहलाई ६–२, ७–५, अभिलाषा विष्टले प्रदेश–३ की प्रकृति श्रेष्ठलाई ६–२, ६–४ को सेटमा हराउँदा युगलतर्पm पनि इरा रावत र अभिलाषा बिष्टलाई सफलता हात लाग्यो। उनीहरूले रायना शाह र अल्सा रेग्मीको जोडीलाई ६–१, ६–० को सेटमा हराए। एपिएफका अलेक्शा लिसोनोबिचले गण्डकी प्रदेशका रोमिका बुद्धाचार्यलाई ६–०, ६–० को सेटमा स्तब्ध बनाउँदा आर्मीका सलोनी तामाङले गण्डकी प्रदेशका गंगा शर्मालाई ६–२, ६–२ को सेटमा पाखा लगाए। एनआरएनएका सम्यक भुषण बज्राचार्यले एनआरएनएकै दावा शेर्पालाई ७–६, ६–२ को सेट, एपिएफका आइमन लिसानोबिचले नबिन मगरलाई ६–२, ६–१ को सेट हराउँदा प्रदीप खड्काले जितेन्द्र परियारलाई ७–६, ६–४ को सेट तथा संरक्षण भुषण बज्राचार्यले प्रवण खनाललाई ६–२, ६–३ को सेटमा पराजित गरे। लनटेनिसमा प्रदेश–३, ४, ५, आर्मी, एपिएफ र एनआरएनएबाट खेलाडी सहभागी  छन्। पुरुष÷महिला एकल, युगल तथा टिम र मिक्स युगल गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुँदै छ।

आर्मी र गण्डकीको बराबरी
काठमाडौं- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८औं राष्ट्रिय हक्कीको पुरुषमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी र गण्डकी प्रदेशले बुधबार बराबरी खेलेका छन्। नेपालगञ्जस्थित मंगलप्रसाद माविमा भएको खेलमा उपाधि दाबेदार आर्मी र गण्डकीले गोलरहित बराबरी खेलेका हुन्। गत माघ अन्तिम साता झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीको फाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो।

अन्य खेलमा प्रदेश–२ र प्रदेश–५ विजयी भए। प्रदेश–२ ले प्रदेश ३ लाई ५–० गोलले पराजित ग¥यो। विजयी टिमका लागि गोविन्द अधिकारी तथा हर्विन्द्र सिंहले २–२ गोल गरे भने मनोज शाहले १ गोल थपे। प्रदेश–५ ले प्रदेश–१ लाई ३–० गोलले हरायो। जितमा सानु लामा, अमन कुमार र मनीष गुरुङले १–१ गोल योगदान गरे। पुरुष हक्कीमा सातै प्रदेश, आर्मी र प्रहरीसहित ९ टिम सहभागी छन्। पुरुषमा हक्कीमा प्रहरीले पहिलोपटक टिम सहभागी गराएको हो। प्रतियोगिताको प्रदेश–५ का शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले शुभारम्भ गरेका थिए। महिला हक्की भने नेपालगञ्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि सुरु हुँदै छ।

स्क्वासमा अमृत क्वार्टरफाइनलमा
आठौंअन्तर्गत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापामगर बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा अमृतले गण्डकीकै कासिराम भण्डारीलाई ११–४, ११–२ र ११–६ को सोझो सेटमा पराजित गरे। पुरुष सिंगल्समै प्रदेश–३ का राजेन्द्र शाक्यले प्रदेश–५ का गोपाल थापालाई ११–४, ११–१ र ११–५, एपिएफका उमिद शाक्यले प्रदेश–१ का अश्विन टोडीलाई ११–६, १२–१०, १२–१४ र ११–७ तथा प्रदेश–३ का अमिर ब्लोनले एपिएफका विजय मगरलाई ११–९, १८–१६, ५–११ र ११–७ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। बैशाख पाँच गते उद्घाटन हुने आठौं राष्ट्रिय खेलकुदको पाँच खेल कुस्ती, लनटेनिस, स्क्वास, हक्की र टेबलटेनिसका खेल भने आजबाट सुरु भएको छ।

विनोद परियार- रुपन्देही/किरणमान बज्राचार्य- कपिलवस्तु

प्रकाशित: २८ चैत्र २०७५ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App