coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

समृद्धिको लागि लगानीमैत्री वातावरण निर्माणमा उपराष्ट्रपतिको जोड

ललितपुर – उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वेदशी र वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। ललितपुरको पुल्चोक, नःटोलमा बुधबार सुरु दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सो धारणा राखेका हुन्। ‘सरकारको आफ्नो स्रोत, वैदेशिक लगानी र निजी क्षेत्रको लगानीसँगै जनतामा रहेका स–साना पु“जी संकलन गरेर गरिने लगानीलाई उच्च प्राथमिकता दिनुपर्छ,’ उनले भने।

उनले ठुल्ठूला उद्योग, कलकारखाना स्थापना, जलविद्युत् निर्माण, व्यावसायिक तथा आधुनिक कृषि प्रणालीको विकास, पर्यटनको व्यवसायीकरण र पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्नेमा पनि जोड दिएका थिए। लामो समयदेखि नीतिगत र कानुनी झन्झट, ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार जस्ता समस्या सामना गर्दै आएको बताउ“दै उपराष्ट्रपति पुनले थपे, ‘समृद्धि हासिल गर्ने लक्ष्य लिएका हामीलाई अनियमितता र भ्रष्टाचार जस्ता समस्याहरु चुनौती बनेको देखिन्छ।’ विकास र समृद्धिको शत्रुको रुपमा रहेको भ्रष्टाचार र अनियमितता न्यूनीकरणका लागि आ–आफ्नो ठाउ“बाट निरन्तर पहलकदमी र सक्रिय भूमिका निर्वाह गर्न उनले ध्यानाकर्षण समेत गरे।

सुखी नेपाली र समृद्ध नेपालको नारालाई यथार्थ रुप दिन स्पष्ट योजना, दृढ इच्छाशक्ति र कडा मेहनतको खा“चो पनि उपराष्ट्रपति पुनले औंल्याए। ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुर जिल्ला राजधानीसँगै जोडिएको जिल्ला भए पनि आर्थिक विकास र पूर्वाधारको दृष्टिले पछाडि परेको बताए। सरकारले हालै सम्पन्न लगानी सम्मेलनमा सोकेसमा प्रस्तुत गरेका ७७ परियोजनामा ललितपुरको एउटा पनि परियोजना नपरेको उल्लेख गर्दै संघका अध्यक्ष महर्जनले भने, ‘ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि पर्यटकीय पूर्वाधार, होटेल, केबुलकार, साहसिक पर्यटन, हस्तकला क्षेत्रमा लगानीका लागि थुप्रै परियोजना अघि सार्न सक्थ्यौं। ललितपुरको एउटा पनि परियोजना नहुनु मुलुककै लागि दुर्भाग्यपूर्ण छ।’

महर्जनले भिमसेन मन्दिर पुनःनिर्माणका लागि स्रोत जुटाउने क्रममा रहेकोले सो कार्यका लागि आवश्यक सहयोग गर्न पनि आग्रह गरेका थिए। सो मन्दिर पुनःनिर्माणका लागि पाँच करोड रुपैया“ लाग्ने संघले जनाएको छ। संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले हस्तकला क्षेत्र संकटमा परिरहेको समयमा ‘वल्र्ड क्राफ्ट काउन्सिल’ले ललितपुरलाई विश्वको ३५औं हस्तकला नगरी घोषणा गरिएको उल्लेख गर्दै घोषणा अनुरुप ललितपुर महानगरपालिकाले ठोस काम गर्नुपर्नेमा महानगरपालिकाको ध्यानाकर्षण गराए। सो अवसरमा उद्योग वाणिज्य महासंघका उपाध्यक्षका किशोर प्रधान, ललितपुर क्षेत्र नं ३ का सांसद पम्फा भुसाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र संघका महासचिव मनोजबहादुर न्याछ्योले लगायतले लगानीमैत्री वातावरण बनाउन मेला सहयोगीमा रहेकोमा केन्द्रित गर्दै आ–आफ्नो धारणा राखेका थिए। मेलामा करिब सयवटा स्टल छन्। भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत विभिन्न देशको उत्पादित लत्ताकपडा, दैनिक उपयोगी  र सजावटका गरी ३० वटा स्टल छन्। त्यसैगरी, नेपाली हस्तकलाका सामग्री, धातुकला लत्ताकपडा, पस्मिना लगायतका ७० वटा स्टल छन्। विभिन्न महिला समूहले उत्पादन गरेका सामग्री पनि प्रदर्शन र बिक्री–वितरणका लागि राखिएको छ। संघको ५२औं स्थापना दिवस र हरेक वर्ष निरन्तर मेला आयोजना गर्ने नीति अनुरुप सो मेला आयोजना गरिएको संघका कार्यकारिणी सदस्य एवं प्रचारप्रसार संयोजक मिलन शाक्यले जानकारी दिनुभयो। पा“च दिनसम्म चल्ने सो मेला हरेक दिन सांस्कृतिक कार्यक्रम हुने छ।
 

प्रकाशित: २८ चैत्र २०७५ ०१:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App