८ वैशाख २०८१ शनिबार
अर्थ

सडकमा पनि इसिटिएस

१ विराटनगर–१८ स्थित निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी।

विराटनगर - अन्तर्राष्ट्रिय व्यापार सहजबनाउने उद्देश्यले रेल मार्गबाट गरिने आयातमा लागू गरिएको इलेक्ट्रोनिककार्गो ट्र्याकिङ सिस्टम (इसिटिएस) सडक मार्गमा पनि लागू गर्ने तयारी गरिएको छ। तेस्रो मुलुकबाट आयातहुने वस्तु सहज र सुरक्षित ढुवानीका लागि सडक मार्गबाट हुने आयातमा पनि यो सिस्टम लागू गर्न लागिएको कोलकातास्थित महावाणिज्यदूतावासले जनाएको छ।

विराटनगरको बुधनगरस्थित रेल स्टेसन र एकीकृत जाँचचौकीको निर्माणाधीन पूर्वाधारको अवलोकनपछि कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले रेल मार्गबाट मात्रै नभई सडक मार्गबाट हुने आयात–निर्यातमा पनि इसिटिएस सिस्टम लागू गर्ने तयारी भइरहेको बताए। अर्यालले अब, सडक मार्गबाट हुने आयात, निर्यातमा पनि इसिटिएसलागू गर्नलागिएकाले आयात,निर्यातकर्तालाई यहि प्रणालीबाट सामानआयातगर्न आग्रह गरे। ‘सजिलो र सुरक्षित प्रणाली भएकाले आयात, निर्यातकर्तालाई इसिटिएससिस्टमबाटै सामानआयात, निर्यात गर्न आग्रह गर्छु,’उनले भने। इसिटीएस्मार्फत सामानआयात गर्दा ढुवानी भाडा आधाकम पर्ने भएकाले बढ्दो व्यापार घाटालाई कम गर्न पनि मद्दत पुग्ने अर्यालको धारणा छ।

उनकाअनुसार पुरानो प्रणालीबाट कोलकातादेखि विराटनगरसम्म सामान आयात गर्दा एक कन्टेनरको भाडा एकलाख २० हजार पर्छ। तर, इसिटिएसमार्फत सामान आयातगर्दा आधाकम भाडा पर्छ। अर्यालले भने,‘इसिटिएसमार्फत आयातगर्दा लागत घट्ने भएकाले उपभोक्ताले सस्तो मूल्यमा सामानउपभोग गर्न पाउँछन्।’ उद्योगीव्यवसायीले पनि इसिटिएस कार्यान्वयनमा आउँदा आयात निर्यातमा देखिएको झन्झट कम हुने बताउँछन्। उद्योगीप्रदिप मुरारकाले इसिटिएसकार्यान्वयनमा आएपछि क्लियरिङ एजेन्ट खर्च, डिटेन्सन र डेमरेज शुल्क र विभिन्नखाले झन्झट अन्त्यहुँदै गएको बताए। उद्योगीले तत्काल विराटनगर स्थित एकीकृत जाँचचौकीसम्म सोझै मालसामान आउने व्यवस्थागर्न सरकारलाई आग्रह गरेका छन्। विराटनगरसम्म सोझै रेल तथा स्थलमार्गबाट सामान आउने व्यवस्था भए भारतको बथनाहदेखि जोगवनीसम्म सामानढुवानी गर्दा हुने हैरानीअन्त्यहुने उद्योगी व्यवसायीको भनाइ छ। ‘सिधै विराटनगर–१८ स्थित आइसिपीसम्म सामान आउने व्यवस्था भए हालआयात निर्यातमा देखिएको समस्या समाधान हुन्छ,’ मुरारकाले भने।

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाले ढुवानीमा देखिएका समस्या समाधानगर्न जतिसक्दो चाँडो विराटनगरस्थितआइसिपी सञ्चालनमा ल्याउनुपर्ने बताए। उनले भने, ‘विराटनगरको आइसिपी र नेपालसम्मको रेलमार्ग चाँडो सञ्चालन गरेर ढुवानीमा देखिएको समस्या समाधान गर्नुपर्छ।’ हालकोलकाताबाट इसिटिएस प्रणालीमार्फत रेलमार्ग हुँदै वस्तु आयात गरिए पनि त्यस्ता सामान भारतको बथानाहसम्म मात्रै आउने गरेको छ। वथनाहसम्म इसिटिएसमार्फत आएपनि त्यहाँबाट नेपाल ल्याउन विभिन्नझन्झट बेहोर्नु परिरहेकाले इसिटिएसलागू भए पनि पूर्वकाउद्योगी व्यवसायीले राहतमहशुस गर्न सकेका छैनन्। साँघुरो सडकका कारण आयातित मालसामान धेरै दिनसम्म जोगवनी–बथनाह सडकखण्डको जाममाफस्ने गरेको छ। सो सडक खण्डमा मंगलबार पनिएक हजारभन्दा बढी मालबाहक सवारी साधनजाममा फसेको विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले जानकारी दिए। उनकाअनुसार आइसिपीको बाटो हुँदै पठाउँदै आएका खाली मालबाहक ट्रक सो बाटो हुँदै जानभारतीयपक्षले अवरोध गरेपछि समस्याआएको हो।

‘आइसीपीको बाटोबाट खालीट्रक पठाउँदा भारतीयपक्षले अवरोध गरेपछि जोगवनी बजारकै सडकबाट पठाउनु परेकाले सडक जामको समस्या देखिएको हो,’अधिकारीले भने । उनले सडक जामको समस्या समाधानकालािग भारतीयपक्षसँग सकारात्मक छलफल भइरहेकाले चाँडै समस्या समाधानहुने बताए। बथनाहसम्म रेलबाट सामान आयातगर्न आवश्यक सबै पूर्वाधार तयार रहेपनि नेपालतर्फको स्टेसनमाभने मालबाहक रेल ल्याउने पूर्वाधार तयार नभएकाले समस्या देखिएको कनकोर इस्टर्न रिजन कोलकाताका सिएम एसए रहमानले बताए। उनले नेपालमा निर्माणाधीन रेल स्टेसनमा सामानलोड अनलोड गर्ने पूर्वाधार तयार भए रेलबाट ढुवानी गरिएको सामान नेपाली भूमिसम्म नै आइपुग्ने बताए। उनले तत्कालै मालबाहक रेल स्टेसन निर्माण गर्न सम्बद्ध पक्षलाई आग्रह गरे। विराटनगर–१८ स्थित बुधनगरमा यात्रु्बाहक रेलको स्टेसन तयार भएपनि मालबाहक रेल स्टेसनको पूर्वाधार निर्माण भएको छैन।

प्रकाशित: २८ चैत्र २०७५ ०१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App