coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा आज पहिलो चरणको मतदान

काठमाडौं - भारतमा लोकसभाको निर्वाचन बिहीबार सुरु भएको छ। देशभर सात चरणमा सम्पन्न हुने निर्वाचनमा पहिलो चरणअन्तर्गत विभिन्न २० राज्यका ९० क्षेत्रमा निर्वाचन हुँदैछ। पहिलो चरणमा नेपालसँग सीमा जोडिएका बिहार र उत्तरप्रदेशका विभिन्न क्षेत्रसहित आन्द्रप्रदेश, अरुणाञ्चल, आसाम, छत्तीसगढ, सिक्किम, उत्तराखण्डलगायतका राज्यमा निर्वाचन हुँदैछ। मे १९ मा निर्वाचन सम्पन्न भएपछि मे २३ मा मतगणना सुरु हुनेछ।

निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रुपमा भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कांग्रेस देखिएका छन्। निर्वाचनका लागि भाजपा नरेन्द्र मोदी र कांग्रेस राहुल गान्धीलाई नेताका रुपमा अघि सारेर निर्वाचनमा होमिएका छन्। लोकसभाका पाँच सय ४५ सिटमध्ये पाँच सय ४३ सिटमा चुनाव हुँदैछ। दुई सिटमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ। भारतीय निर्वाचन आयोगको तथ्यांकअनुसार हालको निर्वाचनमा मत दिन ९० करोड मतदाता योग्य छन्। यो संख्या २०१४ को निर्वाचनमा भन्दा झन्डै साढे आठ करोड संख्या बढी हो।

निर्वाचन अभियान चलिरहेका बेला प्रतिपक्षी दलहरुले भारतीय जनता पार्टीले नेतृत्व गरेको सरकारले प्रजातान्त्रिक प्रक्रिया र संस्था भत्काएको आरोप लगाएका छन्। विपक्षी पार्टीकी नेत्री ममता बनर्जीले यो विषयलाई लिएर अभियान नै सञ्चालन गरेकी थिइन्। जबाफमा मोदीले यसलाई ठूलो जोक भनेका छन्। उनले कांग्रेस र कम्युनिस्ट मिलेर प्रजातान्त्रिक वातावरण बिगारेको आरोप लगाएका छन्।

मोदीको बायोपिकमा रोक
प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र ‘पिएम नरेन्द्र मोदी’ को प्रदर्शनमा भारतको चुनाव आयोगले रोक लगाएको छ। चलचित्रमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सामग्री रहेको भन्दै आयोगले प्रदर्शनमा रोक लगाएको हो।

मोदी पुनः प्रधानमन्त्री भएको हेर्न चाहन्छु : इमरान खान

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री मोदीलाई पुनः प्रधानमन्त्रीका रुपमा हेर्न चाहेको समाचार बाहिरिएका छन्।

खानले भारतीय जनता पार्टी पुनः सत्तामा आएमा पाकिस्तानसँग शान्तिवार्ताको सम्भावना रहेको जनाएका छन्। खानले मोदीलाई पुनः प्रधानमन्त्री भएको हेर्न चाहेको अभिव्यक्ति दिएसँगै विपक्षीहरुले भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीको चर्काे आलोचना सुरु गरेका छन्। मोदीले पाकिस्तानलाई चुनावको मुद्दा बनाए पनि पाकिस्तानका प्रधानमन्त्रीले मोदीलाई प्रधानमन्त्रीका रुपमा हेर्ने चाहेको बताएपछि विपक्षीले आलोचना गरेका हुन्।

प्रकाशित: २८ चैत्र २०७५ ००:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App