७ वैशाख २०८१ शुक्रबार
समाज

काठमाडौंमा कसरी हुन्छ स्कुटीको चोरी?

काठमाडौं– चैत्र १९ गते नयाँ बानेश्वरका विकास श्रेष्ठको कम्पाउण्डमा पार्किङ् गरेर राखेको बा.७८प १०१३ होण्डा कम्पनीको डियो स्कुटर हरायो।  त्यसैगरी पुरानो बानेश्वरका कुल बहादुर सुनारको पनि बा ५० प ७६२ नं. एभिएटर स्कुटर हरायो। उनीहरुले प्रहरीमा यसको उजुरी गरे। 

त्यसको २ दिन पछि अर्थात चैत्र २१ गते महानगरपालिका ३१ बाट सोही एभिएटर स्कुटर चढिरहेको अवस्थामा  विवेक खनाल र अभिषेक बराम भेटिए। सोधपुछ गर्दा उनीहरुले सो स्कुटर सुरज थापाको भएको बताए। 

सुरज थापासँग प्रहरीले खोज तलास गर्दा विकास श्रेष्ठको कम्पाउण्डबाट हराएको डियो स्कुटर पनि उनीसँगै भेटियो।

प्रहरीले थप अनुसन्धान गर्दै जाँदा बिक्रम श्रेष्ठ, बिपिन गुरुङ् लगायतको समूह सक्रिय रहेको खुल्न आयो। त्यति मात्र होइन उनीहरुसँग हालसम्म धनी नखुलेका अरु स्कुटरहरु पनि भेटिए।  प्रहरीले यस विषयमा अदालतबाट थप ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको रहेको छ। 

कसरी हुन्छ स्कुटर चोरी?

प्रहरीले यस स्कुटर तथा मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय रहेको बताएको छ। यस सन्दर्भमा सुक्ष्म अध्ययन गरिरहेको प्रहरी भनाइ छ।

प्रहरीका अनुसार यी गिरोहहरु पार्किङ गरेर राखेको स्कुटरलाई आफ्नै स्कुटर जस्तो गरेर डोहो¥याउदै निकाल्ने र केही पर लगेर लक फुटाइ विभिन्न स्थानमा पठाउने गरेको पाइएको छ।

घटनामा संलग्नलाई चोरी मुद्दामा कारवाही अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।   

प्रकाशित: २७ चैत्र २०७५ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App