७ वैशाख २०८१ शुक्रबार
समाज

प्रधानमन्त्री दैवी उद्धार कोषमा काठमाडौं महानगरको ४० लाख

काठमाडौं– काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा ४० लाख ३१ हजार ४ सय १३ रुपैँया हस्तान्तरण गरेको छ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हस्तान्तरण गरेका हुन्। 

बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई महानगरपालिकाबाट २५ लाख र कर्मचारीको एक दिनको तलब सहयोग गर्ने निर्णय महानगरपालिकाले यस अघि नै गरेको थियो। 

प्रकाशित: २७ चैत्र २०७५ १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App