coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आफ्नै पार्टीविरुद्ध खबरदारी गर्दै नेविसंघ

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नै पार्टीविरुद्ध खबरदारीसभा गर्ने भएको छ। सरकारका गलत गतिविधिको पनि खबरदारी गर्न नसकेको भन्दै माउ पार्टी कांग्रेसविरुद्ध नेविसंघले खबरदारी गर्न लागेको हो।

पार्टी नेता कृष्णप्रसाद सिटौला र अर्जुनरसिंह केसी समूहका विद्यार्थी नेताहरुले चैत २९ गते शुक्रबार प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा खबरदारीसभा गर्न लागिएको विद्यार्थी नेता निरञ्जन थापाले जानकारी दिए। 

दुई तिहाई बहुमतको सरकारले एकपछि अर्को अराजक काम गर्दै गएको, तर प्रतिपक्षी दल कांग्रेसको नेतृत्वले सही थप्दै गएका कारण खबरदारीसभा गर्नुपरेको नेविसंघ नेता कुन्दनराज काफ्लेले बताए।

पार्टीको मौनतालाई चिर्न भ्रातृ संगठन नै लाग्नुपर्ने अवस्था आएको उनको भनाइ छ। झुट र भ्रमको खेतिमा लागेको वाम सरकारलाई मलजल गर्ने काम गरेको भन्दै शंका गर्नुपर्ने अवस्था आएको उनले बताए।

 

प्रकाशित: २७ चैत्र २०७५ ११:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App