सत्ताधारी दलले मधेसी समुदायलाई विदेशी नजरले हेर्‍योः नेता रिजाल

बुधबार, २७ चैत २०७५, १६ : ४९ टंक क्षेत्री

सर्लाही– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले मधेसी समुदायलाई विदेशी नागरिकको रुपमा व्यवहार गरेको आरोप लगाएका छन्। 

बुधबार सर्लाहीको लालबन्दीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले भने, ‘सत्ताधारी नेकपा सबै मधेशीलाई विदेशी देख्छ। ‘जुन कुरा मधेशी समुदायप्रति उसको व्यवहारले पुष्टि गरिसकेको छ।’

दुई तिहाइको सरकारले यथाशिघ्र संसद्बाट नागरिकता विधेयक पारित गराएर जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता प्रमाणपत्र दिनुपर्ने भन्दै रिजालले गृह मन्त्रालयको सामान्य परिपत्रको आधारमा वितरण थाल्नुले सरकारको नियत ठिक नदेखिएको दाबी गरे। ‘संविधानमै जन्मसिद्धका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने व्यवस्था छ’, सर्वोच्चले पनि यसअघि नै कानून बनाएर नागरिकता दिनु भनेर आदेश दिइसकेको छ’, उनले भने, ‘तर संसदबाट विधेयक पारित गरेर नागरिकता ऐन जारी गर्ने सवालमा सत्ताधारी नेकपाका सांसद्हरुले नै किचलो गरिरहेका छन्, गएको अधिवेशनमै पास हुनुपर्नेमा पेश नै हुन सकेको छैन।’ 

दुई तिहाइको सरकारले चाह्यो भने तुरुन्त नागरिकता ऐन जारी हुने र मधेशी समुदायले सहज रुपमा नागरिकता प्रमाणपत्र प्राप्त गर्न सक्ने उनको दाबी छ। विदेशीलाई नभई वास्तविक मधेशीले सहज रुपमा नागरिकता प्रमाण पत्र पाउनुपर्ने नेपाली कांग्रेसको धारणा रहेको रिजालले स्पष्ट पारे। 

सरकार अधिनायकवादको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै नेता रिजालले प्रधानमन्त्री केपी ओलीले नेपाली सेना समेत सिधै मैले चलाउन पाउनुपर्छ भन्नु त्यसको ज्वलन्त उदाहरण भएको बताए। नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको स्वीकार गर्दै नेता रिजालले भने, ‘२७५ जनाको संसद्मा हाम्रा ६३ जना मात्र भएकाले हामी निकै कमजोर छौं, त्यसैले सशक्त नबनेको हुन सक्छ तर अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जरुरी छ।’

नेपाली कांग्रेस लालबन्दी नगर समितिद्वारा आयोजित वृहद् कार्यकर्ता भेलालाई नेतृ महालक्ष्मी डिना उपाध्याय, तरुण दलका महासचिव भूपेन्द्रजंग शाही लगायत नेताले सम्बोधन गरेका थिए। 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad