७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारलाई दबाब दिन राजपाले शक्ति प्रदर्शन गर्ने

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले शुक्रबार देशभर शक्ति प्रशर्दन गर्ने भएको छ। सरकारलाई दबाब दिने उद्देश्यले राजपाले देशभर प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ। शुक्रबारको प्रदर्शनका लागि राजपाले सबै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ। 

अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा सरकार ९ बुँदे मागसहित प्रदर्शन र कोणसभा गर्न लागिएको उल्लेख छ।

राजपाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न, संविधान संशोधनको माग पूरा गर्नुपर्ने, रेशम चौधरीलगातलाई तत्काल रिहाई गर्नुपर्ने, जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता दिनुपर्नेलगायत ९ बुँदे माग राखेको छ। जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनबाट वञ्चित गरेर राज्यविहीन बनाउने षड्यन्त्र भएको राजपाको आरोप छ।

 

प्रकाशित: २७ चैत्र २०७५ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App