६ वैशाख २०८१ बिहीबार
समाज

ट्रकले किच्दा हजुरआमा र नातिनीको मृत्यु

कोहलपुर- कोहलपुरको मदनचोकमा मिनि ट्रकले किच्दा मंगलबार विहान हजुरआमा र नातिनीको मृत्यु भएको छ। कोहलपुरबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ को मिनी टाटा ट्रकले पूर्वपश्चिम राजमार्गको कोहलपुर–३ मदनचोकमा किच्दा स्थानीय ५८ की सीतादेवी पोखरेल र उनकी दुई बर्षीय नातिनी प्रशंसा पन्तको मृत्यु भएको हो।

विहान साढे १० बजेतिर बीच सडकमा ट्रकले उनीहरुलाई किचेको थियो। हजुरआमाको घटनास्थलमा र नातिनीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताए । तीव्र गतिमा मिनि ट्रक छेउमै आएको बेला एक्कासी बालिकाले सडक पार गर्न खोज्दा र हजुरआमा बच्चा बचाउन जाँदा दुवै किचिएको उनले बताए। ‘बच्चा मात्र सडक पार गरेको भएपनि ट्रक दाँया मोडेर बचाउन सक्थ्यो,’ उनले भने, ‘हजुरआमा पनि आत्तिएर बच्चा भएतिर दौडिएपछि चालक आत्तिएर दुवै किचिए ।’                  

प्रहरीले ट्रक चालक महेन्द्रनगरका रामबहादुर रानालाई नियन्त्रणमा लिएको छ। चालक र ट्रक नियन्त्रणमा लिई थप अनुसन्धान भैईरहेको प्रहरीले जानकारी दियो।

 

 

 

प्रकाशित: २ कार्तिक २०७३ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App